प्रचण्डले भने ब्याजसहित असुल हुने गरी वृद्धभत्ता बढाइनेछ :

५ बर्ष अघि

२0७५ मंसिर १४ शुक्रबार

प्रचण्डले भने  ब्याजसहित असुल हुने गरी वृद्धभत्ता बढाइनेछ :

दृष्टिकोण समाचार मंसिर १४  सरकारले विकासका काममा गति लिन थालेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।नवलपरासीको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समोरोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहा“ले नेपालमा विकासले गति लिन थालेको बताउनुभएको हो ।एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायतका काम भएकाले ‘अहिल्यै केही भएन’ भनेर टिप्पणी हुनु नहुने उहाँको भनाई थियो । उहाँले अबको ४ वर्षमा घोषणा पत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने आश्वासन दिनुभएको छ ।वृद्धभत्ता नबढेको भन्ने गुनासो सुनिएको भन्दै आउँदो आर्थिक वर्षको बजेटमा ‘अघिल्लो वर्ष दिने भनिएको वृद्धभत्ताको ब्याजसहित’ असुल हुने गरी वृद्ध भत्ता बढाइने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।अबको चार वर्षमा कम्तिमा पनि पूर्व–पश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरु¨–काठमाडौं–लुम्बिनी र रक्सौल–काठमाडौं रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका नागरिकको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताउनुभयो । साथै  नारायणीमा अहिले भएका पुल भन्दा अरु थप तीन वटा पुल निर्माणको बारेमा छलफल चलेको समेत उहा“ले बताउनुभयो सरकारले केही दिनअघि शुरु गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम दुरगामी महत्वको निर्णय भएको नेकपाका  अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।उहाँले सामाजिक सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता आम नागरिक, श्रमीकले पाउने हुँदा सरकारको यो कदम दुरगामी महत्वको निर्णय भएको बताउनु भएको छ ।उहाँले सम्बोधनका क्रममा पहिलो चोटी उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेश्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताउनुभयो । ‘केरु¨–काठमाडौं–लुम्बिनीसम्मको रेलको अध्यन भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।’यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक र ठूलो संकेत देखिएको उहाँले बताउनुभयो । जसका कारण वर्षौदेखि विराटनगरमा रहेको भारतको फिल्ड अफिस हट्नुले जनाएको उहा“ले बताउनुभयो । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति, रक्सौल–काठमाडौं रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको बताउनुभयो ।पार्टी एकता, कम्युनिष्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्क संकेतहरु देखिएको उहाँले उल्लेख गर्नुभएको छ ।