शैक्षिक सामग्री प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन 

५ बर्ष अघि

२0७५ मंसिर १४ शुक्रबार

शैक्षिक सामग्री प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन 

ललित सामन्त मंसिर १४ दार्चुला ।।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको श्री महेन्द्र नमुना माविले आज एक कार्यक्रम गरी विद्यालयको प्राङगणमा शैक्षिक सामग्री प्रदर्शनी गरेको छ । विद्यार्थीहरुको प्र्रतिभा पहिचान गर्ने उद्देश्यले निमावि र माविका विद्यार्र्थीहरु बीच शैक्षिक प्रदर्र्शनी  आयोजना गरीएकोे महेन्द्र नमुना माविका शिक्षक नवराज जोेशीले बताउनु भयो । विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीको अध्यक्षता एवम् साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरको प्रमुख आर्थित्यतामा शौक्षिक साम्रगी प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन भएको थियो ।कार्यक्रमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुबाटै बनाएका शैक्षिक सामग्रीहरु ,विभिन्न विधामा आफनो प्रतिभा पहिचान कार्यक्रम वतmृत्वकला कार्यक्रम गरी समापन गरीएको हो । 
अनुशासन तथा सरसफाई समितिले आयोजना गरेको कार्याक्रमा विभिन्न शौक्षिक साम्रगीको प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन भएको छ  । कार्यक्रममा  स्वागत मन्तव्य राख्दै मावि इन्चार्ज जयदेव जोशीले दार्चुला जस्तो विगट र सुदुरपशिचम प्रदेशको पिछीडिएको जिल्ला बाट शैक्षिक प्रदर्शनीमा नमुना विद्यालयले गत वर्ष ३ जना प्रदेश स्तरमै विभिन्न पदमा पुगेको पनि कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । साहित्य विधातर्फ मेरो देश शाीर्षक गजल ,मुक्तmक ,गीतका साथै सायरीमा  प्रथम द्धतिय तिृतीय हुने र वतmृत्वकला प्रतियोगिता महिला हिंसा विरुद्ध विद्यार्थीको भुमीका विषयमा पनि प्रथम द्धतिय तिृतिय त्यस्तै गणित विधा विज्ञान विधाका विद्यार्थीहरुलाई समेत प्रथम द्धतिय र तिृतिय हुने विद्यार्थीहरुलाई पुरुस्कार दिएर सम्मानीत गरेको हो । साथै प्रदेश स्तरमा र केन्द्र स्तरमा हुने प्रदर्शनीमा पनि सफलहुन कार्यक्रका सहभागिहरुले शुभकामना दिनु भएको छ ।