दार्चुलामा भिरबाट लडेका एक युवकको उपचार गर्ने कम्रमा मृत्यु

५ बर्ष अघि

२0७५ मंसिर १४ शुक्रबार

दार्चुलामा भिरबाट लडेका एक युवकको उपचार गर्ने कम्रमा मृत्यु


सुलोचना महता मंसिर १४, दार्चुला । दार्चुला जिल्लामा भिरबाट लडेका एक युवकको उपचार गर्ने कम्रमा मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला जिल्लाको नौगाड गाउँपालिका वाड नम्बर ६ बस्ने १६ वर्षका हरसिँह ठगुन्ना हुन् । आज शुत्रबार दिउँसो बाख्रा चराउन वन गएको बेलामा भिरबाट लडेको थाहा पाएपछि आफन्तहरुले गोकुलेश्वर अस्पताल लगेका थिए । भिरबाट लडेका ठगुन्नाको उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक ठगुन्नाको शव पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हिक्मत बहादुर बोहराले बताउनु भयो ।