दार्चुला महोसत्वका लागि सहयोग जुटाउँदै उद्योग बाणिज्य संघ

५ बर्ष अघि

२0७५ मंसिर १४ शुक्रबार

दार्चुला महोसत्वका लागि सहयोग जुटाउँदै उद्योग बाणिज्य संघ

ललित सामन्त, मंसिर १४ दार्चुृला । आगामी माघ २५ गतेबाट सञ्चालन गरिने दार्चुला महोत्सव तथा व्यापार मेलाका लागि दार्चुलाका नौ वटै स्थानीय तहबाट आर्थिक सहयोग जुटाउन दार्चुला उद्योग बाणिज्य संघले पहल कदमी गरेको छ । यसै बीच दार्चुलाको नौगाड गाउँपालिकाले महोत्सव आयोजनाका लागि ६ लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता गरेको दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनुभयो । दार्चुला उद्योग बाणिज्य संघले यसअघि नै पत्रकार सम्मेलन गरी दार्चुला महोत्सवका सबै स्थानीय सरकार, प्रदेश सरकार, र संघिय सरकारका साँसदहरुबाट समेत महोत्वसव सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता भई सकेको छ । 
 त्यस्तै महाकाली नगरपालिकाले भने यसअघि नै दार्चुला उद्योग वाणिज्य संघका लागि आफनो नगरले भने ८ लाख रुपैया दिने घोषणा यसअघि नै भएको र महाकाली नगरपालिका सहआयोजक समेत रहने भएको पनि दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘अपि नाम्पा चौलानी महाकालीको काख , कैलाश मालिकार्जुन आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १ सय ५१ स्टलहरु रहने छन् ।  महोत्सवमा  ३ करोड रुपैँया बराबरको कारोबार हुने दार्चुला उद्योग बाणिज्य संघले अनुमान गरेको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने उद्योग बाणिज्य संघ दार्चुलाले जनाएको छ ।