१६ दिने महिला हिंसा विरुद्धको विद्यालय स्तरीय कार्यक्रम सम्पन 

५ बर्ष अघि

२0७५ मंसिर १३ बिहीबार

१६ दिने महिला हिंसा विरुद्धको विद्यालय स्तरीय कार्यक्रम सम्पन 

ललित सामन्त मंसिर १३ दार्चुला 

 दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ३ मा रहेको हुस्कर मावि काटैमा आज एक कार्यक्रमका विच १६ दिने महिला हिसां विरुद्धको विद्यालयस्तरीय कार्यक्रम गरी समापन गरिएको छ ।  दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष गौर सिह साहुको अध्यक्षता एवम् महिला तथा  बालबालिकाका कार्यालयका प्रमुख प्रेमा बडुको विशिष्ट आर्थित्यतामा कार्यक्रम सम्पन भएको हो लैङ्गिक हिंसा दुव््यवहार,छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ नोबेम्बर २५ देखि १० डिसिम्बर सम्म  सुरु भएको १६ दिने अन्तर्राष्ट्रिय लैङगिक हिंसा विरुद्धको दिवस सुरु भएको आज पाचौ दिन महाकाली नगरपालिकाको वार्ड नम्बर ३ मा रहेको हुस्कर मावि काटैले आज विविध कार्यक्रम गरी १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रम सम्पन गरेको विद्यालयका शिक्षक देव दत्त भट्टले बताउनु भयो ।

आज भएको कार्यक्रममा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु बक्तृत्वकला ,नृत्य ,सडक नाटक गरी कार्यक्रमको समापन गरीएको पनि भट्टले बताउनु भयो । बक्तृत्वकलामा प्रथम ,दुतिय र त्रितीय हुने विद्यार्थीहरुलाई पुरुस्कार समेत दिएको हो । कार्यक्रमको सञ्चालन समाज कल्याण समाजका सदस्य पान सिह धामीले गर्नु भएको थियो ।