दृष्टिीकोण समाचार मंसिर १३ दार्चुला ।।
दार्चुलाको महाकाली नगरपालिकाले यो वर्ष महाकाली नगरपालीका भित्रका नौ वटै वडाका टुहुरा बालबालिकाहरुलाई महाकाली नगरपालीकाले जाडोको समयमा न्यानो कपडा वितरण गर्ने भएको छ । चिसोबाट बचाउन आमा बुवा नभएका हरुलाई न्यानो कपडा वितरण गर्ने भएको हो । बालबालिकाहरुको चिसोले गर्दा विभिन्न खालका रोगहरु लाग्ने भन्दै नगरपालिकाले यस्तो कार्य गर्न लागेको महाकाली नगरपालीका वार्ड नम्बर ४ का वडा अध्यक्ष पुस्कर राज जोशीले बताउनु भयो । साथै दार्चुलाको मालिकार्जुन गाउँपालिका वार्ड नम्बर ३ तेर्छालेकमा भएको मिनिबस दुर्घटनामा परि घाइते हुनुभएका परिवारलाई जनही रु १ लाख रुपैया पनि दिने निर्णय भएको पनि वडा अध्यक्ष जोशीले बताउनु भएको छ । हिजो बसेको नगरपालिका बैठकले यस्तो कार्य गरेको हो
उतm बैठकले नगरपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्ने गरी श्रीबगड ,मलेरा , छापरी कोट , कौतोली हुदै धम्पनेरा ,डुङरी सडकको डिपीआर तयार गर्ने बारेमा समेत बैठकले निर्णय गरेको छ भने श्रीबगड ,तातोपानी लगायतका क्षेत्रमा नगरपालिकाले चालुआर्थिक वर्षमै सडक निर्माण गर्नपनि वडा अध्यक्ष जोशीले बताउनु भयो । त्यस्तै हिजोको बैठकले दार्चुलाको महाकाली नगरपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक भौतिक लगायतका विषयहरुको अध्ययन गरि प्रतिवेदन तयार गर्ने सामाजिक विकास समितिका संयोजक अर्थात वडा नम्बर ४ का वडाअध्यक्ष समेत रहेका पुस्कर राज जोशीको संयोजकत्वमा सामाजिक समितिका सदस्यहरु रहने गरि कार्यदल गठन गर्ने पनि निर्णय भएको वडा अध्यक्ष जोशी जानकारी दिनु भएको छ । बैठकमा महाकाली नगरपालिका भित्रका घर नक्सा पास सम्बधी कार्यविधी २०७५ अपांगता भएका व्यतिmको परिचयपत्र वितरण सम्बधी कार्यविधी २०७५ पारीत गरीएको छ भने उपभोक्ता समिति गठन , परिचालन र व्यवस्थापन सम्बन्धि कार्यविधी २०७४ लाई भने नगरपालीकाले संसोधन गरिएको छ ।