रमेश खत्री, १३ मंसिर दार्चुला । सदियौँ देखि लेकम गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयले भोग्दै आएको महकाली नदिमाथीको जोखिमपुर्ण ट्युबको यात्रा सदाका लागि अन्त भएको छ । लेकम गाउँपालिका वडा नम्बर ३ लालीबाट दार्चुला जिल्ला सदरमुकाम सम्म आउन जान नेपाल भारत सीमा क्षेत्रमा पर्ने महाकाली नदिमा ट्युबमा तरेर भारतीय बाटो हिड्नु पर्ने बाध्यातालाई मध्यनजर गर्दै लालीमा झोलुङ्गे पुलको निर्माण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन कार्यक्रम अन्तरगत रहेका नेपाल भारत सीमा क्षेत्र जोड्ने झोलुङ्गे पुलहरुमध्ये व्याँसको तिग्रममा नेपाल र लेकमको लालीमा भारत झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।
२०७४ साल बैशाख २४ गतेबाट सिलान्यास भएको पुल निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनी मनोमालिका कन्सटक्सनले जनाएको छ । नेपाल भारत दुबै तिर खाम्बा राखेर पुलका लट्ठा तान्नेकाम सम्पन्न भएको र पुलमा पट्टा राख्ने काम भईरहेको लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । झण्डै १ करोड रुपैँयाको लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल निर्माण पश्चात लेकम गाउँपालिका वडा नम्बर ३ लाली र वडा नम्बर ४ खरकडाका अधिकाँश स्थानीयलाई आवतजावतमा सजिलो हुने छ । साथै नेपाल भारत व्यापारीक नाकाको रुपमा रहेको लाली क्षेत्रमा व्यापार प्रबद्र्धनमा पनि विकास हुने स्थानीयले बताएका छन् ।