दार्र्चुला तिङ्कर सडकमा जिप पल्टीयो

५ बर्ष अघि

२0७५ मंसिर १३ बिहीबार

दार्र्चुला तिङ्कर सडकमा जिप पल्टीयो

दृष्टिकोण समाचार, १३ मंसिर दार्चुला । दार्चुला सदरमुकाम नजिकै महाकाली नगरपालिका वडा नम्बर ४ लास्कु खोलामा आज मध्यान्ह जीप पल्टेको छ । म १ ज १३८ नम्बरको महाकाली यातायातको जीप खोलामा सफा गर्न लैजाने क्रममा सडकमै पल्टेको हो । दार्चुला तिङ्कर सडक खण्डमा चल्ने बंगाबगडका स्थानीय बीरसिह कुवरको जीप छोरा दिपेश कुवरले चलाएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
गाडी पल्टीने वित्तीकै महाकाली तटबन्धमा काम गर्ने स्काईभेटरले उठाएको छ । मानविय क्षती केही भएकाे छैन् । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।