पहिलो चौमासिकमा दार्चुला मालपोतको राजश्व २५ लाख रुपैँया

५ बर्ष अघि

२0७५ मंसिर १३ बिहीबार

पहिलो चौमासिकमा दार्चुला मालपोतको राजश्व २५ लाख रुपैँया

सुलोचना महता, १३ मंसिर दार्चला । मालपोत कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २५ लाख ६० हजार २ सय ४६ रुपैँया राजश्व संकलन गरेको छ ।  
घरजग्गा रजिस्टे«शन दस्तुर वाफत १८ लाख ६८ हजार ४ सय ६६ रुपैँया, लालपुर्जा बिक्रि  दस्तुरबाट ७ हजार ६ सय ३० रुपैँया, न्यायिक दस्तुर तथा नामसारी दस्तुरबाट ४९ हजार १ सय ५० रुपैँया, रोक्का दस्तुरबाट ३२ हजार १ सय रुपँैँया र विविध शिर्षकबाट ६ लाख २ हजार ९ सय रुपैँया राजश्व संकलन गरीएको जिल्ला मालपोत कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीराज विष्टले जानकारी दिनु भयो । 
त्यस्तै पहिलो चौमासिकमा १ सय ९८ वटा लिखत पास भएका छन् । साथै जग्गा प्रशासन तर्फ नामसारी गर्ने ५ सय ६७ जना, नाम संशोधन गर्ने ४३ जना, पmोटो टासँ गर्ने ८ सय ९२ जना र दाखिला खारेज गर्ने ९ सय ८१ जनाले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७४÷०७५ मा मालपोत कार्यालयले  ८२ लाख ५४ हजार रुपैँया राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा  ५६ लाख ७२ हजार ६ सय २४ रुपैँया  राजश्व संकलन गरेको थियो ।