निर्मला पन्तको न्यायका लागि हाम्रो आन्दोलन जारी छ ः संग्रौला

५ बर्ष अघि

२0७५ मंसिर १३ बिहीबार

निर्मला पन्तको न्यायका लागि हाम्रो आन्दोलन जारी छ ः संग्रौला

दृष्टीकोण समाचार मंसिर १३ दार्चुला । नेपाल महिला संघका पूर्वकेन्दीय अध्यक्ष  डा.डीला संग्रौलाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोजेर कार्वाही नहुँदा सम्म आफूहरुले न्यायका लागि आन्दोलन जारी राख्ने बताएकी छिन् । नेपाल प्रेस युनियन दार्चुला शाखाले विहिबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा डिला सैग्रौलाले यस्तो बताएकी हुन् । 
यस्तै कार्यक्रम सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा दबावमुलक कार्यक्रम आयोजना गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
नेपाल प्रेस युनियन दार्चुलाका अध्यक्ष मनोज बडुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघका नेताहरु सिता कार्की, रमिता देउवा, कान्त चन्द लगायत नेपाली काँग्रेस दार्चुलाका सचिव गोबद्र्धन कोलीले आ—आफ्नो विचार राखेका छन् ।