जीप बन्द हुदाँ ट्याक्टले यात्रु बोक्दैँ

५ बर्ष अघि

२0७५ मंसिर १३ बिहीबार

जीप बन्द हुदाँ ट्याक्टले यात्रु बोक्दैँ

सुलाेचना महता, १३ मंसिर दार्चुला । दार्चुला जिल्लाका विभिन्न सडकमा चल्ने जीपहरुको पछाडीको सिट काटिएपछि अहिले जिपहरु बुकिङमा जान थालेपछि यात्रुले सास्ती खेप्नु परेको छ । पाँच सिट मात्रै रहेको जीपहरुले यात्रु बोक्दा इन्धन खर्च समेत धान्न नसकिने बताएपछि कसैले गाडी बन्द गरेका छन् भने कसैले बुकिङमा हिड्ने गरेका छन् । गाडि प्रयाप्त नचलेपछि यात्रुहरुले चर्को भाडा असुल्न थालेका छन् ।
सय रुपैँया लाग्ने ठाउँमा अढाइ देखि तिन सय रुपैँयासम्म भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यसैबीच गाडी नचलेपछि बंगाबगड काँटै, खार दल्लेख सडक खण्डमा टेक्टरले यात्रु बोकीरहेको छ । 
टयाक्टरले ढुङगा, माटो लगायत बालुवा बोक्न छोडेर ४०÷ ५० जना जति यात्रु बोक्ने गरेको बंगाबगडका जीप व्यवसायी विरसिँह बोहराले बताए ।