गाउँपालिका महासंघ अन्तर्गत सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन 

५ बर्ष अघि

२0७५ मंसिर १२ बुधबार

गाउँपालिका महासंघ अन्तर्गत सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन 

 ललित सामन्त मंसिर १२  दार्चुला 
गाउँपालिका महासंघ अन्तर्गत सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन भएको छ । मंसिर १२ गते भएको प्रथम अधिवेशनमा डोटी जिल्ला जुरायल गाउँपालिकाका अध्यक्ष दर्गा दत्त ओझा र दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी मेनुका र सचिवमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामी त्यस्तै कोषाध्याक्षमा भने सरस्वती रावल अछाम जिल्ला रामारोशन गाउँपालिका बाट सर्वसहम रुपमा निर्वाचित भएका छन् । यस्तै सहसचिवमा भने कुन्ती बोहरा सदस्यहरु प्रत्येक जिल्लाबाट  १ ÷१ जनागरी १४ रहेको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले जानकारी दिनु भएको छ कार्यक्रम भने सुदुरपश्चिम प्रदेशको डोटीको जुरायल गाउँपालिकाको तालिम केन्दमा भएको थियो ।