दुँहुँमा इन्भेष्टमेन्ट बैंक स्थापना, कारोबार शुरु 

५ बर्ष अघि

२0७५ मंसिर १२ बुधबार

दुँहुँमा इन्भेष्टमेन्ट बैंक स्थापना, कारोबार शुरु 

दृष्टिकोण समाचार, १२ मंसिर दार्चुला । दार्चुला जिल्लाको दुहूँ गाउँपालिकामा प्रथम पटक नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबारबाट औपाचारिक रुपमा शाखा स्थापना गरी कारोबार थालेको छ । नेपाल संघिय संरचनामा गइसकेपछि सबै स्थानीय तहहरुमा बैंक स्थापना हने क्रममा हिकिलामा इन्भेष्टमेन्ट बैंकले आफ्नाृ शाखा स्थापना गरेको हो । 
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बैंकको उद्घाटना गर्नु भएको हो । समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंक धनगढीका प्रबन्धक राजेन्द्र बहादुर सिहले बैंङ्किक कारोबार थालेका हुन् । बैंकले आजैबाट कारोबार थालेको जनाएको छ ।