नेपालमै नेपाली पढाउने शिक्षकको अभाव, विद्यार्थीले गरे आन्दोलन

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

नेपालमै नेपाली पढाउने शिक्षकको अभाव, विद्यार्थीले गरे आन्दोलन


ललित सामन्त मंसिर ११ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वाड नम्बर १ बलाँचमा रहेको कृष्ण मावि बलाँचमा कक्षा ११ र १२ मा नेपाली पढाउने शिक्षक नभएपछि विद्यार्थीहरुले सोमबार देखि आन्दोलन गरेका छन् । कक्षा सञ्चालन भएको पाचँ महिना वितिसक्दा पनि विद्यालयमा नेपाली विषयको पढाई भएको छैन् । विद्यालयले पनि शिक्षक उपलब्ध गराउन नसकेपछि आफुहरुले बाध्य भएर आन्दोलन गर्नु परेको सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी धिरज बोहोराले जानकारी दिनुुभयो । 
उता विद्यालयका प्रधानाध्पक जनक बहादुर तितराले भने विद्यालयमा नेपाली विषयको शिक्षक रिक्त रहेको र विद्यालय आफैले शिक्षक भर्ना गरेर व्यवस्थापन गर्न नसके पछि जिल्ला शिक्षा समन्वय इकाई र नगरपालिकालाई शिक्षक माग गरेको बताएका छन् । तर अहिलेकै स्थितिमा जिल्ला शिक्षा समन्वय ईकाइले शिक्षक भर्ना गरी व्यवस्थपान गर्न कठिनाई हुने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख जयराज पन्तले बताउनु भयो ।  शैल्यशिखर नगरपालीकाले चालु आर्थिक बर्षका लागि शिक्षाको बजेट निर्धारण गरिसकेकोे बताएको छ  ।