सूचना संकलनका लागि मोर्वाइल एप सम्बन्धि तालिम 

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

सूचना  संकलनका लागि मोर्वाइल एप सम्बन्धि तालिम 

दृष्टिकोण समाचार, म‌ंसिर ११ दार्चुला । दार्चुला जिल्ला विपतको उच्च जोखिममा रहेकाले विभिन्न अाकडाहरुलाई अाधारित मान्दै पुर्व तयारीका लागि मोर्वाइल सफ्टवयरको माध्यमबाट सहि सुचना संकलनका लागि नगर पालिका र गाँउपालिकाको सूचना अधिकारीहरुका लागि दुई दिने तालिमको आयोजना गरिएकाे छ । 
जिल्ला आपतकालिन केन्द्र दार्चुला तथा नेपाल रेडक्रस सोशाईटी दार्चुला शाखाको आयोजनामा सञ्चालन गरिएको दुई दिने तालिममा मोवाईल सफ्टवयरका माध्यमबाट छिटो छरितो जानकारी पाउन तालिमको आयोजना गरिएको हो । 
दार्चुला जिल्ला भुक्मपको उच्च जोखीममा रहेकाले बिपत न्युनिकरणका लागि मोवाईल सफ्टवयरले सहि सुचना संकलनका लागि महत्व पुर्ण भुमिका खेल्ने नेपाल रेडक्रस शोसाईटिका हव कोडनेटर हरिवन्धु अर्यालले जानकारी दिनु भयो । 
तालिममा दार्चुला जिल्लामा रहेका ९ वटै स्थानिय तहका प्रमुखहरु नेपाल प्रहरी तथा नेपाल रेडक्रस शोसाईटि शाखाकार्यलय दार्चुला भित्रका पदाधिकारी लगायत उपशाखाका प्रर्तिनिधिहरुको सहभागिता रहेको छ ।
मंगलबार आयोजना गरिएको दुईदिने तालिममा नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखा दार्चुलाका सभापति गोपाल सिह महरको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चाय, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।