नेपाली सेनाले ठुलो सङख्यामा भर्ना खोल्यो ।।

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

नेपाली सेनाले ठुलो सङख्यामा भर्ना खोल्यो ।।

काठमाडौँ  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले करिब ३८ सय पदका लागि आवेदन माग गरेको छ। सोमबार एक सूचना प्रकाशित गरि नेपाली सेनाले ३ हजार ७ सय ८४ पदका लागि आवदेन आह्वान गरेको हो। लेखा जमदार कर्मचारी,सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी,सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि १४ स्थानबाट आवेदन दिन दरखास्त आवहान गरिएको हो। नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगञ्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायल कार्यालयमा भर्ना गरिने छ। विभिन्न पदका लागि आवेदन दिने मिती मंसिर २४ गतेसम्म भएपनि डबल दस्तुर तिरेर पुस २ सम्म पनि दिन मिल्ने व्यवहोरा सूचनामा उल्लेख गरिएको छ।