सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी दार्चुला भ्रमणमा

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी  दार्चुला भ्रमणमा

 दृष्टिीकोण समाचार मंसिर ११ दार्चुला । 
सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरज केशी आज मंगलबार दार्चुला भम्रणमा आउनु भएको छ । डिआइजी केशी संगै राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख प्रकाश पाण्डेको टोली आज दार्चुला पुग्ने भएका छन् ।  दार्चुला जिल्लाको सुरक्षा अवस्था बुझनको लागि दार्चुला आउन लागेको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनु भएको हो । आज नै प्रहरी प्रमुख डिआजीको टोलीले दार्चुलाको शैल्यशिखर नगरपालीकामा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निरक्षण गर्नुका साथै देशको सातौ धाम अर्थात दार्चुलाको प्रमुख धार्मिक स्थल  मालिकार्जुन मन्दिरको पनि दर्शन गरेर दार्चुला आउन लागेको सुचना अधिकारी एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनु भएको छ । उतm टोली भोलीमात्रै दार्चुला बाट फर्किने पनि बोहराले बताउनु भयो ।