बामपन्थी सरकारले नौ महिना पछि जनताहरुका लागि धेरै ठुलो काम

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

बामपन्थी सरकारले नौ महिना पछि जनताहरुका लागि धेरै ठुलो काम

 

दृष्टिीकोण समाचार मंसिर ११ काठमाण्डौ   प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो नेपाली समाज नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्दै उहाँले अबदेखि हुँदा खाने अथवा पाएका बेला खाने र खान कठिन भएका, रोजगारीमा भएका वा रोजगारी गुमाएका अथवा रोजगारी नपाएका सबैलाई समेट्ने नयाँ प्रणालीको सुरुवात गरिएको बताउनुभयो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागु गर्छु भनेर घोषणा गरेको सम्झँदै उहाँले अहिले निरन्तरतास्वरुप यो कार्यक्रम सुरुवात भएको बताउनुभयो ।  हरेक परिवारको आर्थिक सुरक्षा र हरेक नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने काम सरकारले गर्ने भन्दै सरकार शासक नभई नागरिकको अभभिावक बन्ने काम गरेको बताउनुभयो । यहाँसम्म आइपुग्न लामो संघर्ष र छलफलबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्री ओलीले  २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएर नयाँ युगको सुरुवात भएको बताउनुभयो ।२०५१ सालमा पहिलो पटक ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर थालेको कामले आजबाट नयाँ चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । सक्नेले खाने, नसक्ने जाने भन्ने गैरजिम्मेवार प्रवृत्तिको अन्त्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रवन्ध गरिएको प्रधानमन्त्री ओलीको भनाई छ । यो कार्यक्रमले श्रमको सम्मान गर्ने र श्रममा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।  सामाजिक सुरक्षा कार्यक्रम ज्याला वा रोजगारी गर्ने, युवा वा वृद्ध, रोगी वा स्वस्थ्य, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैका लागि समान रहेको बताउनुभयो ।