चालु आवको चार महिनामा दार्चुलामा २८ वटा मुद्धा दर्ता 

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

चालु आवको चार महिनामा दार्चुलामा २८ वटा मुद्धा दर्ता 

सुलोचना महता, ११ मंसिर दार्चुला । जिल्ला अदालत दार्चुलामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चार महिनाको अवधिमा २८ वटा मुद्धा दर्ता भएका छन् ।  दर्ता भएका मुद्धाहरुमा ६ वटा मुद्धा फैसला भएका छन् । गत आर्थिक वर्ष २०७४÷०७५ बाट जिम्मेवारी सरी आएका २६ मध्ये ३ वटा  र चालु आर्थिक बर्षका ३ वटा मुद्धा फैसला भएको जिल्ला अदालत दार्चुलाका सुचना अधिकारी लक्ष्मीदत्त पन्तले जानकारी दिनु भयो ।  
चालु आवको साउन महिनामा ८, भाद्रमा ६, असोजमा ७ र कार्तिकमा ६ मुद्धा दर्ता भएका छन् । जिल्ला अदालत दार्चुलामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा ८ वटा दर्ता भएका छन् । अशं सम्बन्धी मुद्धा ५, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा ३, चोरी सम्बन्धी मुद्धा २, जालसाजँ  सम्बन्धी २ सवारी ज्यान  सम्बन्धी १, विबाह बदर  सम्बन्धी १, बालयौन दुरुपयोग सम्बन्धी १, लेनदेन  सम्बन्धी १, जबरजस्ती करणी  सम्बन्धी १, अवैध वनपैदावार ओसारपसार  सम्बन्धी मुद्धा १ र भालुको पित्त  सम्बन्धी १ गरी २८ मुद्दा दर्ता भएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।