दार्चुलाका सार्वजनिक गाडीहरुमा टाइमकार्ड प्रयोग गरिने 

५ बर्ष अघि

२0७५ मंसिर ११ मंगलवार

दार्चुलाका सार्वजनिक गाडीहरुमा टाइमकार्ड प्रयोग गरिने 

दृष्टिीकोण समाचार मंसिर ११ दार्चुला 
सडक दुर्घटना न्युनिकरणका लागि महाकाली लोकमार्गको दार्चुलादेखि गोकुलेश्वर सम्म जम्मा ७२ किलोमिटर सडक खण्डमा टाईमकार्ड प्रयोग गरिने भएको छ । दार्चुलाका प्रहरीले महाकाली लोकमार्ग खण्डमा चल्ने सबै सार्वजनिक यातायातका साधनमा टाइमकार्ड प्रयोग गर्ने भएको हो । मंसिर ९ गते आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा टाइमकार्ड प्रयोग गर्ने  सहमति बनेको छ । दार्चुलाका प्रहरी निरीक्षक एवम् डिएसपी नवराज अधिकारीले सडक दुर्घटना न्युनिकरणका लागि टाइमकार्ड आवश्यक रहेको बताउनु भयो । सवारी साधनको गति नियन्त्रणका साथै क्षमता अनुसार यात्रु बोक्ने भन्दै टाइमकार्डको प्रयोग गरेको डिएसपी अधिकारीको भनाई रहेको छ । 
आवतजावत गर्ने सबै सवारीसाधनमा दार्चुला बाट गोकुलेश्वर गोकुलेश्वर बाट दार्चुला आउने सबै सार्वजनिक यातायातमा  टाइइमकार्ड प्रयोग गरिने सुचना अधिकारी एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताउनु भयो । यसको कार्य एक दुई महिना भित्रै प्रयोगमा ल्याउने पनि सुचना अधिकारी बोहराले बताउनु भयो । दार्चुलाको खलंगा ,धाप ,दत्तु ,शंकरपुर ,मालिकार्जुन र गोकुलेश्वरमा टाइमकार्डको चेकजाच गरिने छ । मंसिर ९ गते बसेको सरोकारवालाहरु संग गरिएको छलफलमा दार्चुलाबाट गोकुलेश्वर ३ घण्टामा पुग्नुपर्ने बताएका छन् । यस्तै धाप ३० मिनेट दत्तु ४५ मिनेट समय छुटाएको छ भने दार्चुलाको मालिकार्जुन गाउँपालिका वार्ड नम्बर १ मा रहेको मेलखेतमा चियानास्ताको पनि समय छुटाएको छ । यस्तै मालिकार्जुन सम्म अढाई धण्टा र गोकुलेश्वरसम्म साढे ३ घण्टाको समय तोक्ने बताइएको छ । यस्तै गोकुलेश्वर देखि मालिकार्जुन एक घण्टा  शंकरपुुरसम्म डेढ घण्टा दत्तु सम्म २ घण्टा ४५ मिनेट ,धापसम्म ३ घण्टा र खलंगासम्म साढे ३ घण्टाको समय निर्धारण गरिने भएको छ । दार्चुलाका   बिभिन्न ठाउँमा रहेका प्रहरी युनिटहरुले टाईमकार्डको हेर्ने बताएका छन् । टाइमकार्ड प्रयोगले सवारी दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।