डा. केसीले दिए सरकारलाई पुस २ गतेसम्मको ‘अल्टिमेटम’ 

५ बर्ष अघि

२0७५ मंसिर १0 सोमबार

डा. केसीले दिए सरकारलाई पुस २ गतेसम्मको ‘अल्टिमेटम’ 

 

दृष्टिीकोण समाचार  मंसिर १० ।

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले गत साउन १० गते आफूसँग गरेका सहमतिबमोजिम चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई आगामी पुस २ गतेसम्मको ‘अल्टिमेटम’ दिएका छन् । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगजमा पत्रकार सम्मेलन गरी डा. केसीले सम्झौता अक्षरशः लागू हुनेगरी संसदबाट अविलम्ब चिकित्सा शिक्षा विधेयक पारिन गराउन माग गरे । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिविका पदाधिकारीलगायतलाई तत्काल बर्खास्त गरी कारबाही गर्नुपर्ने र काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएस शुल्क तत्काल फिर्ता लिनुपर्ने माग पनि उनले दोहोर्‍याएका छन् । डा. केसीले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराहरुलाई कारबाहीको माग गर्दै भएको आन्दोलनकाक्रममा गोली चलाउनेहरुमाथि फौजदारी मुद्दा चलाउन पनि माग गरे । सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुतगतिमा अघि बढाउन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।