बंगाबगडमा गाडी बन्द यात्रुहरु अलपत्रमा 

५ बर्ष अघि

२0७५ मंसिर १0 सोमबार

बंगाबगडमा गाडी बन्द यात्रुहरु अलपत्रमा 

दृष्टिीकोण समाचार मंसिर १० दार्चुला ।
दार्चुलाको महाकाली नगरपालीका वाड नम्बर ४ बंगाबगड देखि सन्चालनमा  रहेका  जिपहरुको पछाडीका सीट हटाइएपछि चल्न बन्द भएका छन् । आजदेखि जीपहरु चल्न बन्द भएपछि यात्रुहरु मार्कामा परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले गत सातामा दार्चुला जिल्लाका सडकहरुमा सञ्चालन हुने जीपहरुको पछाडीका सिटहरु हटाएको थियो । सिटहरु हटाएपछि बंगाबगडका स्थानीयहरुले टेक्टरको प्रयोग गरि यात्रा गरिरहेको नौगाड गाउँपालीका वडा नम्बर २ दल्लेखका चन्द्र सिह मन्यालले बताउनु भयो । 
अस्थाई टा«फिक प्रहरीले दार्चुला जिल्लामा चल्ने छोटो दुरी तथा लामो दुरीमा चल्ने जिपहरुको पछाडिका सिटहरु हटाएपछि गाडी चालकहरु भने गाडी नचालाउदा  यात्रुहरु भने अलपत्रमा परेका छन् । 
प्रहरीले जीपका पछाडीका सिटहरु हटाएपछि यातायात व्यवसायिले यात्रुको ढाड सेक्नेगरी भाडा असुल गर्ने गरेको मार्मा गाउँपालिका ४ तपोवनका स्थानीय दिपेन्द्र सिह विष्टले बताउनु भयो । जिपका पछाडिका सीटहर हटाएपछि ६ जना बाटै पछाडीका सीटहरुको समेत भाडा निकाल्न बढी भाडा लिने पनि विष्टको भनाई रहेको छ । यसै 
बिषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा आइतबार छलफल भएको । छलफलमा प्रहरी प्रशासनले कानुन अनुसार ५ जना यात्रु मात्रै बोक्न पाउँने र नियम अनुसार यातायात ब्यावसायिहरुले जीप सञ्चालन गर्नुपर्ने बताएका छन् । भने यातायात ब्यावसायिहरुले बढी यात्रु बोक्न पाउँनुपर्ने नभए तोकीएको भाडादरमा जीप सञ्चालन गर्न नसकिने अडान दोहोर्याएका छन् । सरोकारवालाहरुबिचको लामो छलफलपछि  तीनओटा निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यका अनुसार जीपहरुको टाइम कार्ड लागु गरेर दार्चुला देखी साढे तीन घण्टामा गोकुलेश्वर पुग्नुपर्ने र धाप, दत्तु, पस्ती, मालिकार्जुमा समेत तोकीएको समयमा पुग्नुपर्ने निर्णय भएको छ ।