प्रदेश सभा संचालन नहुँदा महत्वपूर्ण कामहरु रोकिए

५ बर्ष अघि

२0७५ मंसिर १0 सोमबार

प्रदेश सभा संचालन नहुँदा महत्वपूर्ण कामहरु रोकिए

दृष्टिीकोण समाचार मंसिर १०   कैलाली । बर्खे अधिवेशन सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि सुदुपश्चिम प्रदेशको प्रदेश सभा संचालन हुन सकेको छैन कानुन पारित गर्ने देखि सरकारका कामकारवाहीको समीक्षा गर्ने थलोका रुपमा रहेको प्रदेश सभा सञ्चालन नहुँदा महत्वपूर्ण कामहरु प्रभावित बनेका छन् ।अहिले सुदुरपश्चिम प्रदेशको प्रदेशसभा ठप्प छ भने सांसदहरु जिम्मेवारविहीन जस्तै  बनेका छन् ।प्रदेश सरकारको मन्त्रालयबाट नयाँ विधेयक दर्ता नभएकाले प्रदेश सभा बिजनेश बिहीन बनेको हो ।हालसम्म प्रदेश सभामा दर्ता भएका १८ वटा विधेयक मध्ये १७ वटा विधेयक पारित र प्रमाणीकरण समेत भसकेका छन् ।अझै पनि बनाउनुपर्ने कैयौँ कानुनहरु छन् अर्कोतिर कानुनको अभावमा स्थानीय तहले समेत काम गर्न अहज भएको गुनासो पनि गरिरहेका छन् ।प्रदेशका कतिपय विषयमा कानुनको अभावमा काम गर्न पनि असहज भइरहेकै छ । तर  प्रदेशसभा भने कामै नपाएजस्तो गरेर सिरहेको छ । उता, प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्मा तत्कालका लागि छलफलको कुनै विषय नभएकाले बैठक सञ्चालन हुन नसकेको बताउँछन् ।प्रदेशका मन्त्रालयले आफूसँग सम्बन्धि विधेयक निर्माण गर्नुपर्ने त्यतातिर चासो दिएको पाइँदैन ।बरु सरकारका मन्त्रीहरु विधेयकको तयारी गर्नुभन्दा बढी सामान्य औपचारिक कार्यक्रममा बढी केन्द्रित भएजस्तो देखिएको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरत खड्का सरकारका मन्त्रीहरुसँग काम गर्ने इच्छा शक्ति नभएकोले यस्तो अवस्था आएको आरोप लगाउँछन् ।पारित भएका कानुन पनि अधिकांश सेवासुविधासँग सम्बन्धित छन् ।अत्यावश्य कानुन निर्माणमा सरकारले ध्यान नदिँदा पनि सरकारको काम प्रभावकारी नभएको हो कि भन्ने आशंका जन्मिन थालेको छ ।