जीप व्यवसायिले तोकिएको भन्दा बढी भाडा लिन नपाइने( निर्णय सहित)

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

जीप व्यवसायिले तोकिएको भन्दा बढी भाडा लिन नपाइने( निर्णय सहित)

दृष्टिकोण समाचार, मंसिर ९ दार्चुला । दार्चुला जिल्लामा प्रहरीले जीपहरुको छत र पछाडिको सिट हटाएपछि दार्चुला जिल्लाका सबै रुटमा चल्ने जिप व्यवसायिहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरिरहेका छन् । पाँच जनाको मात्रै सिट क्षमता रहेको जीपहरुमा प्रहरी प्रशासनले कडाइ गरेपछि जिप व्यवसायिहरुले आफुहरु घाँटामा गएको भन्दै बुकिङको नाममा यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेको सबैतिरबाट आवाज आएको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको स्थानीय सरकारका प्रमुख, प्रहरी प्रशासन, राजनीतिक दल, जीप व्यवसायि लगायत सरोकारवालाहरुको सर्वपक्षिय बैठकले तीनवटा निर्णय गरेको छ । 
बैठकले हाल पाँच सिट मात्रै रहेका जिपहरुको थप सिट राखेर बन्दबडी गाडि बनाउन एक महिनाको समय दिने, तोकिएको सिट र भाडादरमा यातायात सञ्चालन गर्ने, दार्चुला गोकुलेश्वर सम्मको टाइम कार्ड निर्धारण गर्ने र थप सम्भावित नयाँ रुटहरुमा जिप सञ्चालन गर्नको लागि प्राविधिक मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।
निर्णय सहित