नगरपालिकामा उद्यम विकास कोष स्थापना

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

नगरपालिकामा उद्यम विकास कोष स्थापना

दृष्टिकोण समाचार, मंसिर ९ दार्चुला । महाकाली नगरपालिकाले उद्यमीहरुलाई सहयोग गर्नका लागि उद्यम विकास कोष खडा गरीएको महाकाली नगरपालिकाका प्रमुख हसंराज भट्टले बताउनु भयो । चालु आर्थिक वर्ष देखि नगरपालिकाले १० लाख लगानी गरी उद्यम विकास कोष खडा गरेको हो ।
नगरपालिका क्षेत्र भित्र रहेका उद्यमीहरुलाई सहयोग गर्ने उद्देश्यले उद्यम विकास कोष सञ्चालन गरीएको महाकाली नगरपालिकाका प्रमुख भट्टले बताएका हुन् । दार्चुला जिल्लामा पहिलेको तुलनामा स्थानीय उत्पादन घटेको बताउँदै नगरप्रमुख भट्टले स्थानीय उत्पादनलाई बृद्धि गर्न तथा साना ताथा मझौला उद्योगहरुको स्थापनासँगै उनीहरुको विकासका लागि टेवा पु¥याउने उद्देश्यले उद्यम विकास कोषको विकास गरिएको नगरप्रमुख भट्टले बताउनु भयो ।