जङगलमा जडीबुटी खेति गरीनुपर्छ ः अध्यक्ष धामी

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

जङगलमा जडीबुटी खेति गरीनुपर्छ ः अध्यक्ष धामी

सुलोचना महता, मंसिर ९ दार्चुला । दार्चुला जिल्लामा जडिबुटीको प्रचुर सम्भावना रहेको बताउँदै जिल्लाको विभिन्न वन जंगलहरुमा जडीबुटी खेती गर्नु पर्ने  नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले बताउनु भएको छ । तेस्रो उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष धामीले बहुमुल्य जडीबुटी निर्यातबाटै दार्चुलाका स्थानीयको आयस्तर बढाउन सकिने सम्भावनालाई उजागर गर्दै सम्भाव्यता अध्ययन गरेर जंगलहरुमा जडिबुटी खेती गर्नु अहिलेको आवस्यकता रहेको बताएका छन् ।  अपीहिमाल गाउँपालिकाका एउटा व्यापारीले दार्चुला जिल्लामा पाइने चिराइतो  खेती गरी वार्षिक रुपमा लाखौँ आम्दानी गरी रहेको उदाहरण दिदैँ नौगाड गाउँपालिकाका अध्यक्ष  धामीले यस्तो सम्भावना रहेको बताएका हुन् । 
उद्योग विकासका लागि दार्चुला जिल्लामा जडीबुटी खेती पछिको दास्रो सम्भावना जलविद्युतको रहेकोमा विद्युत उत्पादन गरी देश तथा विदेशमा विद्युत निर्यात गर्न सकेमा दार्चुला जिल्लाको आर्थिक समृद्धि हुने अध्यक्ष धामीको भनाई छ ।