सवारी चालक माथि मुद्धा दर्ता

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

सवारी चालक माथि मुद्धा दर्ता

दृष्टिकोण समाचार, मंसिर ९ दार्चुला । मंसिर सात गते विहान दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ तेर्छालेकमा भएको मिनिबस दुर्घटना परेपछि फरार रहेका बस चालक हरिश चौसिर माथि सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गरिएको छ । गाडी दुर्घटना पछि फरार रहेका चैसिरलाई मंसिर ८ गते प्रहरीले जौलजिबीबाट पक्राउ गरेको थियो । 
घटनाको थप  अनुसन्धान गरी मुद्धा दर्ता गरेको जील्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बस धनी ५५ वर्षका कम्मान सिह चौसीरलाई पनि प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनु भयो ।