लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान शुरु

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान शुरु

दृष्टिकोण समाचार, मंसिर ९ दार्चुला । १६ दिने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस आजबाट सुरु भएको छ । नोबेम्बर २५ देखि १० डिसेम्बर सम्म विश्वभर लैङ्गिक हिंसा, महिला हिंसा, घरेलु हिंसा विरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रम गरी हिंसा विरुद्धको अभियान मनाइन्छ । 
‘लैङ्गिक हिंसा दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ दार्चुला जिल्ला सदरमुकाम खलंगामा महाकाली नगरपालिकाको आयोजनामा एक औपचारिक कार्यक्रम आयोजना गरी अभियान आरम्भ गरिएको छ । लैङ्गिक हिंसा सम्बन्धी विभिन्न जनचेतनामुलक व्यानर र प्लेकार्ड बोकेर सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षाकर्मी, लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा खलंगा बजारमा ¥याली निकालिएको छ । 
१६ दिने महिला तथा लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिनेछन् ।