तेश्रो उद्योग दिवस २०७५ दार्चुलामा पनि मनाइयो (फोटो फिचर)

५ बर्ष अघि

२0७५ मंसिर ९ आईतवार

तेश्रो उद्योग दिवस २०७५ दार्चुलामा पनि मनाइयो (फोटो फिचर)

दृष्टिकोण समाचार, मंसिर ९ दार्चुला । दार्चुला जिल्लामा पनि तेश्रो उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको आयोजनामा विभिन्न उद्यमीहरुको सहभागितामा उद्योग दिवस मनाईएको हो । जिल्ला भरीका विभिन्न साना उद्योगहरुमा उत्पादित बस्तुहरुको पर्दशनी सहित घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको प्राङ्गणमा दिवस मनाईएको हो । जिल्ला समन्वय समिति प्रमुख करविरबहादुर कार्कीको अध्यक्षता एवं महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । 


दिवसको अवसरमा मन्तव्य राख्ने अधिकाँश व्यक्तिहरुले जिल्लामा साना उद्योगहरुलाई विकास गरी जिल्लाको आर्थिक स्थितिलाई बलियो बनाउनु पर्ने बताएका छन् । त्यस्तै दार्चुला जिल्लामा विभिन्न उद्योग स्थापना गर्न सक्ने सम्भावना रहेको भएपनि भौतिक पूर्वाधार, बजार प्रबद्र्धन, आवस्यक सीप विकासको अभावका कारण साना यद्योगहरुको विकास गर्न नसकीएकोमा बक्ताहरुले जोड दिएका छन् । 


घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ट उद्योग अधिकृत पदम बहादुर ठकुराठीले जिल्लामा हालसम्म ८ सय ५ वटा उद्योग फर्म १६ सय १५ बाणिज्य फर्महरु रहेको बताएका छन् । सुदुरपश्चिम प्रदेश अन्तरगत रहेको घरेलु तथा साना उद्योग विकास समितिले जिल्लामा उद्योग प्रशासन, बाणिज्य प्रशासन, उद्योगिहरुलाई सहयोग र विभिन्न सीपमुलक तालिम लगायत गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको बरिष्ट उद्योग अधिकृत पदम ठकुराठीले जानकारी दिनुभयो ।