चाैमासिक रुपमा छोटी भन्सार कार्यालयबाट  १० लाख राजश्व संकलन

५ बर्ष अघि

२0७५ मंसिर ८ शनिबार

चाैमासिक रुपमा छोटी भन्सार कार्यालयबाट  १० लाख राजश्व संकलन

 

दृष्टिकोण समाचार मंसीर ८  दार्चुला । चालु आर्थिक वर्षको चाैमासिक रुपमा छोटी भन्सार कार्यालय दार्चुलाले १० लाख ५ हजार २ सय ९४ रुपैँया राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को साउन महिनामा २ लाख ३१ हजार ९ सय ४९ रुपैँया, भाद्र महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपैँया, असाेज महिनामा ३ लाख ३० हजार ९ सय १२ रुपैँया र कार्तिक महिनामा ३ लाख ३ हजार २ सय ७९ रुपैयाँ राजश्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको मूख्य भन्सार कार्यालय पुलघाँट अन्तरगतको भन्सार कार्यालय दार्चुलाले दार्चुलाबाट न्युन  निर्यात हुने हुदाँ भारतबाट अायात हुने वस्तुमा मात्र राजश्व संकलन गरेकाे जनाएकाे छ । अायात हुने वस्तुहरुमा  प्लाष्टिक जन्यवस्तु, फलामका भाडाँकुडा लगायत इलोक्टोनिक वस्तुहरुबाट राजश्व संकलन गरेको छोटी भन्सार कार्यालयका नायब सुब्बा नरसिह बडालले जानकारी दिनुभयो । चाैमासिक रुपमा साउन र भाद्र महिनाकाे भन्दा असाेज र कार्तिक महिनामा चाडपर्वकाे बेला परेकाले भारतबाट बढी मात्रामा अायात भएकाले बढी राजश्व संकलन हुन गएकाे छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ ।