जलकुम्भी गर्दा तालको सुन्दरता न्युन, तालको सरसफाई 

५ बर्ष अघि

२0७५ मंसिर ८ शनिबार

जलकुम्भी गर्दा तालको सुन्दरता  न्युन, तालको सरसफाई 



दृष्टिकोण समाचार मंसीर ८  ।सुदुरपश्चिम प्रदेशको धनगढी उप–महानगरपालिको वडा नम्वर ७ देवरियामा रहेको धार्मिक पर्यटकीय क्षेत्र रुपमा प्रसिद्ध जाखौर तालमा रहेको पानीमा फुल्ने फुल जलकुम्भीलाई हटाउने उद्देश्यले आजदेखि सरसफाई सुरु गरिएको धनगढी उप–महानगरपालिको जनाएको छ । 
पर्यटकीय क्षेत्रको रुपमा प्रखात जाखौर ताल १२÷६ हेक्टर क्षेत्रमा फैलिएको छ । जाखाैर ताल हर्नका लागि देश तथा विदेशबाट पर्यटकहरु अाउने गर्छन् । 

जाखौर तालमा जलकुम्भी फैलिएपछि ताल क्षेत्र कुरुप बन्दै गएको भनि आजदेखि जलकुम्भी हटाउन सुरु गरिएको हो । जिल्ला बनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाएपछि ताल क्षेत्रमा जलकुम्भी फैलिएको स्थानीयले गुनासो गरेका छन् । जाखौर तालमा रहेको जलकुम्भी हटाउन उपमहानगरपालिकाका प्रतिनिधि, सुरक्षाकर्मी लगायत स्थानीयको सहभागितामा सरसफाई शुरु गरिएको छ ।

जाखौर तालमा रहेको जलकुम्भी सफा नहुने जेलसम्म प्रत्येक शनिबार ताल सफाई गरिने धनगढी उप–महानगरपालिका मेयेर नृपबहादुर वडले बताउनु भयो । ताल सरसफार्इ अभियानमा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वड, उप–मेयर सुशिला मिश्र भट्ट, कैलालीका प्रहरी नायव उपरिक्षक हरी वली  लगायत सञ्चारकर्मीहरु पनि जाखौर ताल पुगेका थिए ।