यूएईमा भएको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो

५ बर्ष अघि

२0७५ मंसिर ८ शनिबार

यूएईमा भएको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो


दृष्टिकोण समाचार मंसीर ८ दार्चुला । यूएई, – आबुधाबीमा भएको एक दिने विनर कप अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । नेपालले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक जितेर दोस्रो भएको हो । आबुधाबीको अलजजीरा क्लबमा शुक्रबार भएको विभिन्न ४ तौल समूहका नेपाली खेलाडीले पदक दिलाएका हुन् । ५० केजी तौल समूहमा भारतका सुजित वैताल पहिलो भए भने नेपालका मानबहादुर लिम्बू दोस्रो भए । यस्तै ५५ केजी तौल समूहमा लक्ष्मण थापा मगर पहिलो र उत्तम गुरुङ दोस्रो भए ।६० केजी तौल समुहमा उत्तम गुरुङले दोस्रो स्थानहातपारे 
 यस्तै ७५ केजी तौल समूहमा शेखर श्रेष्ठले फिलिपिन्सका रनिल डि लुनालाई पछि पार्दै पहिलो भए । कातातर्फ रामु सुनुवारले दोस्रो स्थान हात पारे । प्रतियोगितामा नेपालसहित भारत, फिलिपिन्स,हंगेरी,मोरक्को,ओमान र यूएईका टिमको सहभागिता थियो। नेपालको तर्फबाट अफिसियल दीपराज नेयोङ्हाङ, विष्णु भण्डारी, टिम कोच राजु तामाङ र टिम म्यानेजर राजेश लामाले उपस्थिति जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको अफिसियल नेयोङ्हाङले उज्यालोलाई जानकारी दिनुभयो ।