दुहुँ गाउँपालिका वाड नम्बर ४मा एक दिने रेबिज रोग सम्बन्धी शिविर सञ्चालन

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

दुहुँ गाउँपालिका वाड नम्बर ४मा एक दिने रेबिज रोग सम्बन्धी शिविर सञ्चालन


दृष्टिकोण समाचार मंसीर ७ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा निःशुल्क रेबिज रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन भएकोमा आज शुत्रबार दुहुँ गाउँपालिकाको वाड नम्बर ४ को वडा कार्यालयमा एक दिने शिविर सञ्चालन भएको छ । रेविज रोग बारे जनचेतना फैलाऔँ, अमुल्य जिवन बचाऔँ भन्ने मुल नाराका साथ दुहुँ गाउँपालिकाले शिविर सञ्चालन गरेको हो । रेबिज रोग निवारण उद्देश्यले शिवर बिहान १० बजे दखि बेलुका ४ बजे सम्म सञ्चालन गरीएको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र कार्कीले बताउनु भयो ।