तोरीको तेल मिसावट भनि आयातमा पूर्ण प्रतिबन्ध,परिक्षण गर्न प्रयोगशालाको अभाव 

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

तोरीको तेल मिसावट भनि आयातमा पूर्ण प्रतिबन्ध,परिक्षण गर्न प्रयोगशालाको अभाव 


दृष्टिकोण समाचार मंसीर ७ दार्चुला । दार्चुला जिल्ला सदमुकाम पुलघाट भएर भारतीय बजारबाट भित्रीने खाने तारीको तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । दार्चुला जिल्ला लगायत भारतीय सीमाना जोड्एिका क्षेत्रहरुमा वस्तुको गुणस्तर, मिसावटको अवस्था लगायत अन्य कुराहरु प्ररिक्षण गर्नको लागि प्रयोगशालाको अभाव रहेको छ । भारतीय बजारबाट आयात हुने तोरीको खानेतेल देशभरी रहेका सीमा नाकाहरुमा गृह मन्त्रालयले रोक लगाउने आदेश आएपछि आयातमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनु भएको छ ।

भारतीय बजारबाट नेपाल भित्रीने तोरीको तेलमा १ लिटर हुनुको सट्टा ९ सय मिलि लिटर भएको तथा विभिन्न मिसावट देखिए खाद्यय प्रशिक्षण केन्द्र खानयोग्य छैन् भन्ने निष्र्कष निकाले पछि गृहमन्त्रालयले सो निणर्य लागु गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुु भएको छ । भारतबाट आयात हुने वस्तु परिक्षण गर्नका लागि उपकरणको अभाव तथा प्रयोगशाला नै नरहेको छोटी भन्सार कार्यालय दार्चुलाका कार्यालय सहयोगी महोन सिँह डोबालले बताउनु भएको छ । 
पुलघाट स्थित सुरक्षाकर्मीहरुले अधिल्लो कार्तिक महिनामा तारीको तेल सहित रिफाइन्ड लगायत अन्य तेलहरु पनि मिसावट हुन सक्ने भनि चेक जाँचको क्रममा लगभग १ सय लिटर जति पत्रेको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । तोरीको तेल बाहेक भारतबाट रिफाइन्ड लगायत अन्य तेलहरु विभिन्न मिसावट हुन सक्ने तथा उपभोक्ताहरुले मिसावटयुक्त खानेतेलको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले हाल व्यक्तिगत प्रयोजनका लागि मात्र आयात गर्न दिईरहेको छोटी भन्सार कार्यालय दार्चुलाका कार्यालय सहयोगी  डोबालले बताउनु भयो ।

नेपालीहरु नुन देखि लिएर चाहिने सबै समान भारतबाट ल्याउनु पर्ने हुनाले खानेतेलमा प्रतिबन्ध लगाउनु उचित नरहेको महाकाली नगरपालिका वाड नम्बर ४ का स्थानीय व्यापारी कृष्ण धामीले बताउनु भयो । खानेतेल प्रतिबन्ध लगाउदाँ उपभोक्ताहरुलाई सम्पुर्ण जानकारी गराएर लगाउदाँ सबै उपभोक्ताहरु सचेत हुने महाकाली नगरपालिका वाड नम्बर ४ का उपभोक्ता रमेश धामीले बताउनु भयो  । सदरमुकाम बजारमा खुलेआम भारतीय बजारबाट रोक लगाएको तोरीको खानेतेल नेपाली बजारमा खुलेयाम बिक्री भइरहेकोमा बजार अनुगमन कार्यलाई तिव्रता दिनुपर्ने स्थानीय उपभोक्ताहरुको माग रहेको छ ।