७ जना घाइतेलाई हेलिकप्टर मार्फत उपचार लगियो

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

७ जना घाइतेलाई हेलिकप्टर मार्फत उपचार लगियो

दृष्टिकोण समाचार मंसीर ७ दार्चुला । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ तेर्छालेकमा भएको मिनि बस दुर्घटनामा परेका  ७ जना घाईतेलार्इ  हेलिकेप्टर  माफर्त  उपचार गर्नका लागि काहाेलपुर लगिएकाे छ ।  १७ जना घाइतेहरु मध्ये लेकम गाउँपालिका वाड नम्बर ४ का २५ वर्षीया लक्ष्मी कुवँर, दोलत कुवँर, २८ वर्षीया लक्ष्मी कुवँर, मालिकाजुन गाउँपालिका वाड नम्बर  ८ का रमेश धामी, सोही ठाउँका भुपेन्द्र धामी, धिरेन्द्र धामी र भारतिय नागरिक मञ्जु पाललाई गोकुलेश्वर अस्पतालबाट तत्काल उपचार गर्नका लागि रिफर गरीएकाे हाे । काठमान्डाैँबाट मगाएकाे हेलिकेप्टर दिउँसाेकाे साढ १ बजे तिर ७ जना घाइतेलार्इ उपचार गर्न लगेकाे हाे । रिफर गरीएका  ७ जना मध्ये घाइते ४ जना घाइतेको  अवस्था चिन्ताजनक र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बाँकी थप १० जनाको उपचार गोकुलेश्वर अस्पतालमा भईरहेको छ ।