शिक्षक द्वारा सुदुर पश्चिम प्रदेश सामाजिक मन्त्रालय घेराउ

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

शिक्षक द्वारा  सुदुर पश्चिम प्रदेश सामाजिक मन्त्रालय घेराउ


दृष्टिकोण समाचार मंसीर ७ । कैलाली । शिक्षकका संस्था र सरकार बिच भएका बिगतका सबै सहमती र सम्झौताहरु कार्यान्ययन को लागि माग राख्दै सुदुर प्रदेशको सामाजिक मन्त्रालयमा धर्ना दिएका छन । नेपाल शिक्षक महासंघ कैलालि जिल्ला मा  जुलुस तथा धर्ना  कार्यक्रम सुदुर पश्चिम प्रदेश को सामाजिक बिकास मन्त्रालय मा धर्ना दिएका हुन । शिक्षकहरुको सेवा सुबिधाको लागि राष्ट्रय मापदण्ड निर्माण गर्नुपर्ने भन्दै शुक्रबार दिउसो शिक्षकहरुले मन्त्रालय घेराउ गरी सामाजिक मन्त्री कृष्णराज सुवेधीलाई ज्ञापन पत्र बझाएका छन् ।  मन्त्री सुवेदीलाई माग पत्र बुझाउदै नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराईले आफ्ना माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । नेपाल शिक्षक महासंघका २६ बुदे माग तत्काल गर्नु पर्ने र यदि कडा आन्दोलनमा प्रस्तुत हुने समेत उपाध्यक्ष भट्टराईले बताए । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम प्रदेशले आज सामाजिक विकास मन्त्रालय परिसरमै गरेको विरोध सभामा बोल्दै मन्त्री सुवेदीले आन्दोलनमा आफ्नो पनि सर्मथन रहेको बताएका छन् । विरोध सभामा सहभागी शिक्षकलाई मन्त्रालयमा स्वागत गर्दै सुवेदीले माग सम्बोधनका लागि पहल गर्ने बताउदै आन्दोलनमा ऐक्यबद्धता जनाए ।  महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने लगायतका माग राखेका हुन्  ।