मालिकार्जुन बस दुर्घटनाको अपडेट 

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

मालिकार्जुन बस दुर्घटनाको अपडेट 

दृष्टिकोण समाचार मंसीर ७ दार्चुला । कार्तिक ७ गते बिहान ४ बजे मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ तेर्छालेकमा भएको बस दुर्घटनामा परि भारतीय नागरीक अस्कोट बस्ने अनिल पालको मृत्यु भएको छ । बस दुर्घटनामा परेर १७ जना अरु घाइते भएका छन् । घाइते हुनेमा मालिकार्जुन गाउँपालिका वाड नम्बर ८ का चन्द्रदेव पन्त, रमेश सिँह धामी, भुपेन्द्र धामी, विनोद सिँह धामी, गोपाल सिँह धामी, मुकेश सिँह धामी, धिरेन्द्र धामी, लक्ष्मी पन्त, नागेन्द्र पन्त, लेकम गाउँपालिका वाड नम्बर ४ का जानकी बस्नेत, राम सिँह बस्नेत, नरेश बस्नेत, नरेश बोहरा, लक्ष्मी कुवँर, दौलत सिँह कुवँर, अपीहिमाल गाउँपालिका वाड नम्बर ६ का मंगल महता र भारतीय नागरीक मञ्जु पन्त रहेका छन् ।

घाइतेहरु मध्ये लेकम गाउँपालिका वाड नम्बर ४ का २५ वर्षीया लक्ष्मी कुवँर, दोलत कुवँर, २८ वर्षीया लक्ष्मी कुवँर, मालिकाजुन गाउँपालिका वाड नम्बर  ८ का रमेश धामी, सोही ठाउँका भुपेन्द्र धामी, धिरेन्द्र धामी र भारतिय नागरिक मञ्जु पाललाई गोकुलेश्वर अस्पतालबाट तत्काल उपचार गर्नका लागि काठमान्डौँबाट हेलिकप्टर मगाएर थप उपचार गर्न लैजाने तयारी गरीरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएपी नवराज अधिकारी बताउनु भयो । काठमान्डौँ रिफर गरीने  ७ जना मध्ये घाइते ४ जना घाइतेको  अवस्था चिन्ताजनक र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बाँकी थप १० जनाको उपचार गोकुलेश्वर अस्पतालमा भईरहेको छ ।

बस दुर्घटना हुनुको कारण अझै खुल्न नसकेको तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएपी अधिकारी बताउनु भयो ।राष्ट्रकै सातौँ धाम मालिकाजुन मन्दिरमा लागेको राती पुजन जात्रा हेरि फर्कने क्रममा पवनदुत यातायात व्यवसायको म १ ख ४३६ नम्बरको बस दुर्घटना भएको थियो । बस सडक बाट अनुमानित १२० मिटर तल खसेको थियाे । घाइतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए ।