मालिकार्जुनमा बस दुर्घटना १ को मृत्यु १७ घाईते (फाेटाे फिचर)

५ बर्ष अघि

२0७५ मंसिर ७ शुक्रबार

मालिकार्जुनमा बस दुर्घटना १ को मृत्यु १७ घाईते (फाेटाे फिचर)

दृष्टिकोण समाचार मसिंर ७ दार्चुला ।

दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ राष्ट्रकै सातौँ धाम मालकार्जुुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्केर आउने क्रममा पवनदुत यातायातको म १ ख ४३६ नम्बरको बस मालिकार्जुन गाउँपालीका वडानम्बर   ३ तेर्छालेक भन्ने ठाउँमा दुर्घटना हुँदा एक जना युवककाे मृत्यु भएकाे छ भने १७ जना घाइते भएका छन् । छिमेकी मुलुक  भारतकाे  अस्कोट  बस्ने अनिल पालको मृत्यु भएको छ । 

घाईते हुनेमा मालिकार्जुन गाउपालिकका ८ का चन्द्र देव पन्त ,रमेश सिह धामी, भुपेन्द्र धामी, बिनोद सिह धामी ,गोपाल सिह धामी,मुकेश सिह धामी,धिरेन्द्र धामी,लक्ष्मी पन्त , नागेन्द्र पन्त ,लेकम गाउँपालकिा ४ का जानकी बस्नेत , राम सिह बस्नेत ,नरेश बस्नेत, रेवती बस्नेत, नरेश बोहरा, लक्ष्मी कुवर, दौलत सिह कुवर र अपि हिमाल गाउपालीका वडानम्वर ६ का मगंल महता रहेका छन ।

बस सडक बाट अनुमानित १२० मिटर तल खसेको छ । ७ जना गम्भिर घाईते भएका ति मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको र  तिनीहरुको थप उपचार गर्न लैजानकोलागी हेलिगप्टरको ब्यवस्था गरिन लागेको दार्चुला जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनुभएको छ ।सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ  । घाइतेलाई घट्नास्थल बाट नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए ।