सदरमुकाम ढल व्यवस्थापन नहुँदा  समस्या

५ बर्ष अघि

२0७५ मंसिर ६ बिहीबार

सदरमुकाम ढल व्यवस्थापन नहुँदा  समस्या


दृष्टिकोण समाचार मसींर ६ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा ढल व्यवस्थापन नहुदाँ समस्या देखिएको छ । सदमुकाम खलंगा बजारमा बेला बेलामा नाली फुटेर सबै नालीको फोहर पानी सडकमा आउँदा स्थानीय बासी, आवतजावत गर्ने व्यक्ति लगायत सडकमा चल्ने सवारी साधन लगायत सबैलाई समस्या परेको छ । दार्चुलामा नाली फुट्ने मात्र समस्या नभएर सडक व्यवस्थित नहुनु पनि समस्या  हाे । 

आज विहीबार महाकाली नगरपालिका वाड नम्बर ४ नवज्योति कम्पयुटर नजिकै नाली फुटेर सडकमा पानी आउदाँ आवतजावत गर्ने व्यक्ति, सवारी साधन लगायत स्थानीय बासीलाई समस्या परेको छ । महाकाली नगरपालिकाले नाली व्यवस्थापन गर्न नसक्दा प्रत्येक वर्ष समस्या झेल्दै आएको महाकाली नगरपालिका वाड नम्बर ४ बस्ने स्थानीय अमिता धामीले गुनासो गर्नु भएको छ ।

यस्तै सोहि ठाउँका स्थानीय रकुम सिँह खातिले पटक पटक नाली फुटने गर्दा विभिन्न रोगको संक्रमण हुन् सक्ने बताउनु भयो । महाकाली नगरपालिका लक्षित गरी नगरपालिकाले नाली व्यवस्थापन गर्नका लागि कुनै किसीमको बजेट नछुट्याएको महाकाली नगरपालिकाका नगरप्रमुख हसँ राज भट्टले बताउनु भयो । नगरपालिका भित्र नाली फुटेको बेलामा स्थानीय नगरपालिकालाई जानकारी गराउनु पर्ने महाकाली नगरपालिकाका प्रमुख हसँ राज भट्टले बताएका छन् । महाकाली नगरपालिका भित्र ढलव्यवस्थापन गर्न आवश्यक पहल गर्ने महाकाली नगरपालिकाका प्रमुख भट्ट बताउनु भयो ।