मालिकार्जुन राती पुजन जात्रा हेर्न जाने भक्तजनहरुले गाडी नपाउँदा सास्ती

५ बर्ष अघि

२0७५ मंसिर ६ बिहीबार

मालिकार्जुन राती पुजन जात्रा हेर्न जाने भक्तजनहरुले गाडी नपाउँदा सास्ती

दृष्टिकोण समाचार मसींर ६ दार्चुला ।
दार्चुला सदरमुकामबाट राष्ट्रकै सातौँ धाम मालकार्जुुन मन्दिरमा जात्राहेर्न  जाने भक्तजनहरुले गाडी नपाउँदा  मर्कामा परेका छन् । आज बिहिबार रातभरी मालिकार्जुन मन्दिरमा दार्चुला जिल्ला कै सबैभन्दा ठुलो जात्रा लाग्ने गर्दछ । यसै जात्रा हेर्नका लागि जाने दर्शनार्थहरु गाडी नपाउँदा सास्ती खेप्दैँछन् । जीपहरुको पछाडिका सिटहरु हटाएकोले जीपहरु  बुकिङमा मात्र जाने भएपछि जात्रा हेर्नका लागि दार्चुला सदरमुकाम बसपार्क भएर जाने दर्शनार्थहरुले  कष्टमा परेको  हुन् ।

जिपको अगाडिको भागमा मात्र यात्रुहरु लैजाँदा डिजलको पैसा पनि नउठ्ने भनि दार्चुलाबाट मालिकार्जुन जात्रा जाने यात्रुहरुलाई नलैँजाने  जीप धनिहरुले बताएका छन् । जीप धनिहरुले मनमानी हिसाबले  भाडा लाग्ने तथा बुकिङ गरेमात्र जाने गरेको  मालिकार्जुन गाउँपालिका वाड नम्बर २ का यात्रु लोकेन्द्र सामन्तले बताउनु भएको छ ।