बिपद व्यवस्थापनको पूर्व तयारीमै बिपत्ती, बैठकमा तयारी पुगेन् (फोटो फिचर)

६ बर्ष अघि

२0७५ बैशाख २७ बिहीबार

बिपद व्यवस्थापनको पूर्व तयारीमै बिपत्ती, बैठकमा तयारी पुगेन्  (फोटो फिचर)

दृष्टिकोण समाचार २६ बैशाख दार्चुला । बुधबार बैशाख २६ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा जनप्रतिनिधी सहितको जिल्ला विपत व्यवस्थापन समितिको बैठक बस्यो । तर तयारी पुगेन् । प्राकृतिक विपद कुन प्रकारले आउँछ भन्ने पुर्व जानकारी नहुँने तथा पुर्व तयारी गर्न सकिने भएकाले बैठक बसेको हो । तर विपत व्यवस्थापनका विभिन्न कलष्टरहरुको कार्ययोजना पुर्ण नभएकाले बैठकले पनि ठोस निर्णय गर्न सकेन । 
बैठकमा तयारी नपुगेपछि पुर्णताका लागि गति दिने भन्दै विभिन्न निर्णयहरु बैठकले गरेको छ । विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको परिमार्जन एवं सोशोंधित सस्करण २०७४÷७५ तयार पार्न सबै कलष्टरहरुलाई पूर्ण तयारी गरी जिल्ला विपद व्यवस्थापन समितिमा पेश गर्ने निर्णय गरिएको छ । 
त्यस्तै स्थानीय तहहरुमा संविधान प्रद्धत्त अधिकार अनुसार स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको जानकारी समितिलाई गराउन अनुरोध गर्ने, स्थानीयलाई विभिन्न प्राकृतिक विपत्तीबाट सजग भएर बस्न सुचना गर्ने, विपद आईहालेमा खोज तथा उद्धार कार्यका लागि जिल्लास्थित तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई सुरक्षा साधन सम्पन्न थप उद्धार सामग्री जुटाउन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय आजको बैठकले गरेको छ । 
गृहमन्त्रालयमा लामो समय काम गरेर दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दार्चुलामा एक साता पहिले पुगेका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको यो पहिलो बैठक हो । जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख राजनीतिक दल, विभिन्न कलष्टरका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख, पत्रकार महासंघका प्रमुख लगायत जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागितामा विपद पूर्वको तयारीको बारेमा गहन छलफल गरिएको छ । 
ठोस निर्णय गर्नको लागि कार्ययोजना निर्माणका लागि पूर्ण तयारी गर्न बाँकी रहेको निष्कर्ष निकाल्दै यो विषयलाई तिब्रगतीमा कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रतिबद्धता गरे ।