राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्द्रिरमा राती पुजन जात्रा 

५ बर्ष अघि

२0७५ मंसिर ६ बिहीबार

राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्द्रिरमा राती पुजन जात्रा 


दृष्टिकोण समाचार मंसीर ६ दार्चुला । दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ मा अवस्थित राष्ट्रकै सातौँ धाम शैल्यशिखर मालिकार्जुन मन्द्रिमा जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशी तिथि र असार शुक्ल चतुर्दशीका दिनमा मालिकार्जुन मन्द्रिनमा जात्रा लाग्ने गर्दछ । आज बिहिबार रातभरी मालिकार्जुन मन्दिरमा दार्चुला जिल्ला कै सबैभन्दा ठुलो जात्रा लाग्ने गर्दछ । रातिभरी विभिन्न ठाउँबाट आउने भक्तजनहरुले पुजाआजा गर्ने, पञ्चेबाजा बजाउने, डेउडा खेल खेल्ने लगायत झाँकी प्रदर्शनि गरी जात्रा मनाउने गर्दछन् । जात्रामा दार्चुला विभिन्न ठाउँ, छिमेकी मुलुक भारत लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरु आउने गर्ने गर्दछन् । जात्रामा स्थानीय स्तरमा उत्पादित डोको, नाम्लो लगायत साम्रगी पनि उपल्बध हुने गर्दछन् । जात्रालार्इ शान्तिपूर्ण र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउका लागि जिल्ला प्रहरी कार्यालयबाट १ सय भन्दा बढी सुरक्षाक्रमी खटाइएकाे  दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।