क्रिकेटको उपाधी लालसलाम टिम लाई 

५ बर्ष अघि

२0७५ मंसिर ६ बिहीबार

क्रिकेटको उपाधी लालसलाम टिम लाई 

दृष्टिीकोण समाचार मंसिर ६ दार्चुला ।। 
दार्चुलाको शैल्यशिखर नगरपालीकाको वार्ड नम्बर ९ गोकुलेश्वरमा भएको क्रिकेट प्रतियोगिताको उपाधि लालसलाम टिमले कब्जा गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालीकाको गोकुलेश्वरमा जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । अपी चौलानी सृजनशिल युवा क्लवको आयोजनामा पहिलोे पटक आयोजना गरेको क्रिकेटको उपाधी लालसलाम टिमको हातमा परेको छ । मंसिर १ गते बाट सञ्चालन गरेको क्रिकेट प्रतियोगिता मंसिर ६ गते सम्म चलेको थियो । गोकुलेश्वरमा खुल्ला क्रिकेट प्रतियोगितामा जम्मा १४ ओटा टिमको सहभागिता रहेको थियो । आज भएको फाईनल खेलमा बस्कोट सुपर स्टार  र लालसलाम विच भएको फाईनल खेलमा लालसलाम टिमले जितेको छ । क्रिकेट प्रतियोगितामा दार्चुला जिल्ला बाट ११ वटा टिम र छिमेकी जिल्ला बैतडी बाट ३ वटा टिमको सहभागिता रहेको थियो । खेलमा प्रथम हुने टिमले रु १ लाख १ हजार १ सय ११ रुपैया  र द्धितिय हुने टिमलाई ६१ ह्जार १ सय ११ रुपैयाको पुरस्कारको व्यवस्था गरिनुको साथै म्यान द् म्याचँ हुनेलाई पनि उचित पुरुस्कारको व्यवस्था गरिएको थियो उतm उपाधी हात पार्ने पनि लालसलाम टिमका कप्तान रवि मिश्रले हात पारेका हुन । त्यस्तै खेलमा अनुसासित टिमलाई पनि सम्मान गरेको छ । खेल सञ्चालन दार्चुलाका नेपाली कांग्रेसले जितेका स्थानीय तहहरु मलिकार्जुन ,महाकाली शैल्यशिखर ,दुहु ,व्यास गाउँ तथा नगरहरुको आर्थिक सहयोगमा भएको हो ।