ऐतिहासिक जोलजिवी मेला पाचौ दिन सम्पन्न 

५ बर्ष अघि

२0७५ मंसिर ६ बिहीबार

ऐतिहासिक जोलजिवी मेला पाचौ दिन सम्पन्न 

दृष्टिीकोण समाचार मंसिर ५  दार्चुला ।।
नेपाल भारत जोड्ने गोरी गंगानदी र महाकाली नदीको संग्रम स्थलमा भएको ऐतिहासिक जोलजिवी मेला आज पाचौ दिन अर्थात मंसिर ५ गते सम्पन्न भएको छ । मंसिर १ गतेबाट भएको ऐतिहासिक जोलजिवी मेला आज एक कार्यक्रमगरि नेपाल तर्फको महोसत्व समापन गरिएको मालिकार्जुन गाउँपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामीले बताउनु भयो । 
‘ ऐतिहासिक जोलजिवी मेला महोसत्वमा सहभागी बनौ ”स्थानीय कला सस्कृति व्यापार र पर्यटनको प्रबद्र्धन गरौ भन्ने मुल नारासहित मेलाको आयोजना गरिएको उतm मेलाको आज समापन् गरिएको वडा अध्यक्ष धामीले जानकारी दिनु भएको हो । 
दार्चुलातिर मालिकार्जुन गाउँपालिका र गाउँकार्यपालीकाको सयुतmरुपमा मेलाको आयोजना गरेको हो । मेलामा राष्ट्रिय कलाकारहरु महेश कुमार औजी ,मनोज धामी ,उमादेवी खनाल ,पुष्पा बोहराल ,कृष्ण धामी र स्थानीय कलाकारहरुले करिब एक दुई हजार जनाहरुलाई मनोरज्जन गराएका थिए । नेपाल तिर यो वर्ष भएको महोत्सव पहिलो भएता पनि छिमेकी राष्ट भारतबाट महोत्सव हेर्ने आउने गरेका थिए भने नेपाल तर्फ रातीको समयमा मेला सकिने भएकाले नेपाल तर्फका व्यतिmहरु पनि भारत गएर मेला हेर्न जाने गरेको र भोलीबाट भारतीय पक्षको मात्रै महोसत्सव हर्ने त्यहाँका स्थानीयहरुले बताएका छन् । महोसत्सव बुधबार सम्मपन्न भएको हो महोत्सब मुल आयोजक समिति अध्यक्ष एवंम मालिकार्जुन गाउँपालीका  अध्यक्ष नरेन्द्र सिह धामीको प्रमुख आतिथ्यतामा ऐतिहासिक जोलजिवी मेला  समापन गरिए हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले स्थानीयकला सस्कृतिलाई जोगाउनको लागि आफुहरुले यस्तो कार्य गरेको बताएका छन् ।