लालसलाम र बस्कोटविच भोली फाईनल खेल हुदै 

५ बर्ष अघि

२0७५ मंसिर ५ बुधबार

लालसलाम र बस्कोटविच भोली फाईनल खेल हुदै 

दृष्टिीकोण समाचार मंसिर ५ दार्चुला ।।
दार्चुलाको शैल्यशिखर नगरपालीकाको वार्ड नम्बर ९गोकुलेश्वरमा भएको क्रिकेट प्रतियोतिमा लालसलाम टिम र बस्कोट टिम बिच भोली अर्थात मंसिर ६ गते फाईनल खेल हुने भएको छ । 
दार्चुलाको शैल्यशिखर नगरपालीकाको गोककुलेश्वरमा जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । अपी चौलानी सृजनशिल युवा क्लवको आयोजनामा पहिलो पटक हुन लागेको क्रिकेट प्रतियोगितामा जम्मा १४ वाटा टिमको सहभागिता रहेको छ । भने मंसिर १ गतेबाट सञ्चालन गरिएको हो । मंसिर १ गतेबाट संञ्चालन गरिएको क्रिकेट प्रतियोगितामा १२ ओटा टिमहरु बहिरीएको छ । भने दुई वटा टिमले मात्रै फार्ईनल खेलका लागि भोेली खेल्ने भएका छन् । खेलमा दार्चुला जिल्ला बाट ११ वटा टिम र छिमेकी जिल्ला बैतडी बाट ३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख १हजार १ सय ११ रुपैया र द्धितिय टिमले भने ६१ ह्जार एक सय ११ रुपैया पुरुस्कार दिने पनि आयोजकले जनाएको छ ।  यस्तै हरेक खेलका म्यान द् म्याच पाचँ हजार  ५ सय ५५ रुपैया पाउनेछन् । दार्चुलाका नौ वटा स्थानीय तहहरुमध्ये दार्चुलामा नेपाली काग्रेंसले जितेका स्थानीय तहहरु मालिकार्जुन गाउँपालिका ,दुहु गाउँपालिका ,व्यास गाउँपालिका ,महाकाली नगरपालीका ,शैल्यशिखर नगरपालीककाको आर्थिक सहयोगमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो ।