देशको सातौ धाम शैल्यशिखर मालिकार्जुनमा जात्रा लाग्दै ।।

५ बर्ष अघि

२0७५ मंसिर ५ बुधबार

देशको सातौ धाम शैल्यशिखर मालिकार्जुनमा जात्रा लाग्दै ।।

ललित सामन्त मंसिर ५ दार्चुला ।।
देशको सातौ धाम शैल्यशिखर मालिकार्जुनमा आज अर्थात त्रयोदशीको दिन जात्रा लाग्दै छ । देशकै सातौ धाम शैलयश्खिर मालिकार्जुन मन्दिरको शिखरमा आज बुधबार पुजन जात्रा लागेको मालिकार्जुन गाउँपालीका वडा  ३ का वडा अध्यक्ष रुद्र सिह धामीले बताउनु भयो । दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल शैल्यशिखर मालिकार्जुन धाममा बुधबार पुजन जात्रा लागेको धामीले बताउनु भयो ।
  लेकम क्ष्ोत्रको मालिकार्जुन र शैल्यशिखर नगरपालीकामा पर्ने शैलयशिखर धाममा प्रत्येक वर्ष असार शुल्क चर्तुदशी तिथी र कार्तिक शुक्ल त्रयोदशी तिथीमा गरी वर्षको दुई पटक शिखर जात्रा लाग्ने गर्दछ । 
हिन्दु धर्माबलम्बिहरुको आस्थाको रुपमा पुजीने शैल्य शिखर धामको दर्शन गर्न विबाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले जात्रा लाग्ने को १५ दिन अगाडी देखिनै चोखो भोको रहेर शुद्ध भएरमात्र शिखर जात्रामा जानसक्ने प्रचलन रहिआएको छ ।
शिबलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव पार्वतीको मुख्य बास्थानरहेको जनविश्वास रहिआएको छ ।  
शिखर जात्रामा जानको लागि उकालो चड्नु पर्छ र मासु ,रक्सी वा अन्य यस्तै सेवन गरी अशुद्ध भएको व्यतिmले त्यो उकालो चढ्न सक्दैन भन्ने जनविश्वास रहिआएको छ । र जान्दा जान्दै पनि उकालो चढ्न प्रयास गरेमा बाटोमै मुत्यु हुने जनविश्वास रहिआएको कतिपय किम्बदन्तीहरुमा रहिआएको छ । र यो जात्रामा चोखो भोको रही गएमा निसन्तानहरुलाई सन्तान दिने आज सम्मका पाप दुःख कष्ट पनि नष्ट हुने जनविश्वास रहीआएको छ । 
शिखर धाममा पुजन जात्रामा  दर्शन गर्ने दार्चुलाका  विभिन्न ठाउँबाट भतmजनहरु आउने र सुदुरपश्मिका नौ वाटै जिल्लाबाट पनि भतmजनहरु आउने प्रमम्परा रहेको छ । साथै छिमेकी राष्ट्र भारतका उत्राखण्डबाट समेत भतmजनहरु आउने गर्दछन् ।  भने भोली मालिकार्जुन मन्दिरमा कार्तिक चर्तुदशीका दिन अर्थात विहीबार मालिकार्जुन गाउँपालिका वार्ड नम्बर ३ मा रहेको मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने गर्दछ ।