प्रम्पराको जर्गेनाको लागि घोडाव्यापार गरिदै , हेर्नुहाेस पुरा समाचार

६ बर्ष अघि

२0७५ मंसिर ५ बुधबार

प्रम्पराको जर्गेनाको लागि घोडाव्यापार गरिदै , हेर्नुहाेस पुरा समाचार

राम सिह धामी, दार्चुला 
नेपाल, भारत र चिनको साँस्कृति झलकाउने पर्वका रुपमा स्थापना भएको जोलजिबि मेलामा जुम्लाका घोडाहरुको व्यापार हुने गर्दछ । पहिले सडक सञ्जालको विस्तार नहुदा घोडा खचरहरुबाट माल समान ओसार पोसार गर्ने हुदा घोडाहरुको व्यापार हुने गर्दथ्यो भने  अहिले प्रमपरा बचाउको लागि मात्रै घोडाहरु ल्याएर दार्चुला आउने गरेको बाजुराका घोडा व्यापारी भरत बहादुर साहिले बताउनु भयो । 


१ सय ४४ वर्ष पहिला अस्कोटि राजाले धार्मीक र साँस्कृतिक पहिचानका लागि स्थापना गरिएको मेला विगत केहि वर्ष यता व्यापारीक मेलाका रुपमापनि प्रचलित भएको थियो । भने अहिले पुरानो प्रम्परा जोगाउने पर्वका रुपमा बन्दै आएको छ । 
तीन देशको संस्कृतिको पहिचान र भेटघाँटको गन्तव्यको रुपमा अस्कोटि राजा गजेन्द्र पालको पालामा स्थापना गरिएको ऐतिहाँसिक जोलजिबि मेला पछिल्लो समय परिवर्तन हुदै पुरानो परम्परा जोगाउेन मेलाको रुपमा पनि प्रख्यात बन्दै गएको छ । 
बुवा बाजेका पाल देखि चलेको प्रचलन भएकाले अहिले सम्म पनि घोडाको व्यापार गर्न दार्चुलाको मालिकार्जुन गाँउपालिका ७ जोलजिबिमा आउने गरेको साहिले बताउनु भयो ।  बाजुरा जिल्लाबाट घोडा बिकृगर्नका लागि दार्चुला पुगेका भरत बहादुर साहि भन्छन सयौ बर्ष पहिलेबाट बुवा बाजेको पेशा भएकाले मात्रै दार्चुला पुगेको र हामी भन्दा पछिको पुस्ता आउन नसक्ने बताउनु भयो । घोडा व्यापारी साहि भन्छन पहिले त २ सय देखि ३ सय सम्म घोडाहरु आउने गर्थे र सबै विकृहुन्थे तर अहिले ३० देखि ४० घोडाहरु पनि बिकृ गर्न गारो हुने गरेको छ । 
दार्चुला जिल्ला भरि रहेका धार्मीक तथा कृषि क्षेत्रको विकास गरि समग्र जिल्लाको विकासका लागि ऐतिहाँसिक जोलजिबि मेलालाई पहिले बाटै चलिआएको धार्मी पहिचानको जर्गेना गर्न मालिकार्जुन गाँउपालिकाले पहिलो पटक सरकारी निकायबाट ऐतिहाँसिक मेलाको आयोजना गरिएको मालिकार्जुन गाँउपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो । 


मालिकार्जुन गाँउपालिकाको अगुवाईमा दार्चुला जिल्ला भरिरहेका धार्मीक तथा पर्यटकिय स्थलहरुको पहिचान गरि पर्यटन प्रद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको छ ।