हजार किलोको फर्सी फलाएर एक किसानले राखे किर्तिमान

५ बर्ष अघि

२0७५ मंसिर ५ बुधबार

हजार किलोको फर्सी फलाएर एक किसानले राखे किर्तिमान


दृष्टिकोण समाचार  मङसिर ५ दार्चुला ।

अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको छ । यो फर्सी विश्वमा अहिलेसम्मकै फलेको दोश्रो ठूलो फर्सी बनेको छ ।
४४ औँ विश्व फर्सी प्रतियोगिता मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् । फर्सी प्रतियोगितामा उनको यो सातौँ जित हो ।यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाए ।
विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो । बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएका थिए ।