भोली मालिकार्जुन जात्रा लाग्दै कसरी रहेत मालिकार्जुनमा देवता ।।

५ बर्ष अघि

२0७५ मंसिर ५ बुधबार

भोली मालिकार्जुन जात्रा लाग्दै कसरी रहेत मालिकार्जुनमा देवता ।।

ललित  सामन्त मंसिर ५ दार्चुला ।। 
मालिकार्जुन धाम  दार्चुला जिल्लाको सर्वश्रेष्ठ एवं बहुसंख्यक जनताले कुल इष्टकुल देवताको रुपमा मान्ने देवता हुन । यिनको मुल मन्दिर स्थान दार्चुलाको मालिकार्जुन गाउपालीका वार्ड नम्बर ३ शिखरमा छ । शिखरको केही तल मडमा रहेको मन्दिर भने भक्तजनहरुको  सुविधाको लागि बनाएको विश्वास छ ।
 सो मन्दिरका लगभग  तिनसय मिटर तल  मालिकार्जुनको भडारी घर रहेको छ । भण्डारी घरको स्थान मड भन्ने ठाउँमा रहेको छ ।  
भण्डार रहेको छ । हिन्दु समाजमा अवतारवाद विश्वास गर्ने परम्परा हुनाले मालिकार्जुनलाई भगवान शिवको अवतारको रुपमा स्थानीय समुदायले लिने गरेका छन् । कतिपय विद्धानको भनाइ अनुसार मालिकार्जुनलाई भगवान महादेवका द्धादश (वाह्र) ज्योतिर्लिङ मध्येको एक ज्योतिलिङको रुपमा लिईन्छ । मालिकार्जुन शब्द मालिका र अर्जुन दुई शब्द मिलेर बनेको छ । मालिका भन्नाले पार्वती र अर्जुन भन्नाले शिवजीलाई बुझिने भएकाले मालिकार्जुन भनेको शिव र पार्वतीको संयुतm रुपमा पनि चिनिने गर्दछ ।मालिकार्जुन लाई स्थानीयवासी मलैनाथ भनेर पनि भन्ने गर्दछन् । मालिकार्जुन गाउँपालीका मड र शिखरमा मात्र होईन दार्चुलाको हुती , पिपलचौरी लगायतका अन्य ठाउँमा समेत मालिकार्जुनका मन्दिरहरु रहेका छन् ।
 यतिमात्र होइन भारतको उत्तराखण्ड राज्यको चम्पावत अस्कोट पिथौरागढ आदि ठाउँमा समेत मालिकार्जुनका मन्दिरहरु रहेका छन् । भारतबाट नेपाल भित्रिने क्रममा दार्चुलावासीका आदिम पुर्खाले आपना इष्ट कुल देवतालाई समेत लिएर आएको कतिपय बुडापाखाहरुको भनाई रहेको छ । त्यसैगरी दार्चुलाका लटीनाथ र हुनैनाथ देवतालाई समेत विशेष पुजा आजा र आदर गर्ने गर्दछन् । लटिनाथलाई मालिकार्जुनका छोराको रुपमा लिईन्छ मालिकार्जुनका बुवा सोमनाथ भनेर भनिन्छ । भगवान शिवजीका ज्योतिलिङ मध्ये सोमनाथ पहिलो र मालिकार्जुन दोस्रो भएकाले स्थानीय समुदायहरुले सो कुरालाई प्रमाण्ीाकरण गरेका छन् । त्यस्तै अनेक किवदन्ती जोडेको भन्ने भनाई पनि कतिपय त्यहाँका जानकारहरु बताउछन् । हुनैनाथलाई मालिकार्जुनका झट्केला छोराका रुपमा लिइन्छ भने उनी आठौ कान्छी रानी भागाश्री  र कुमाउका छिपलाकोटका राजाबाट जन्मेका हुन भन्ने जनविश्वास रहीआएको छ । मालिकार्जुन उनका सौतेला बाबु हुन । किवंदन्ती अनुसार मालिकार्जुन मन्दिर बनाउने ठाउँ छनोट गरेपछि साईत हेरेर मन्दिर बनाउन शुरु गरियो । मन्दिरमा मालिकार्जुनका सातओटा रानीका लागि सातओटा महल बनाई सक्दा वितिकै अचम्म के भने आठौ सुनैसुनको महल आफै निर्माण भयो । सुनको आठौ महल आफै निर्माण भएपछि मालकार्जुन चिन्तित भै सोच्न थाले यो मेरो कतै विनाश वा सौभाग्यको लक्षण हुनु पर्छ भन्ने  अनुमान गरि उनेले एकजना जोलिया खबर लैजाने मान्छे बोलाएर ज्योतिष कहाँ पठाउछन् ज्योतिषले ज्योतिस पाटी हेरेर भन्छन् कुमाउ खण्डको कुपी देशमा एउटा भागाश्री नामकी कन्या जन्मेकोले यो आठौ महल उन्कालागि आफै निर्माण भएको हो । ज्योतिषको भनाई सुनिसकेपछि मालिकार्जुनले आपना बुवा सोमनाथलाईकुमाउको कुपी देशकी ती कन्यासंग विवाह गरी दिन अनुरोध गर्दछन् । तर बाबुले भने सातओटा रानीहरु घरमै भएकाले आठौ रानीको सपना नदेख्न भन्छन् । यतिमै मालिकार्जुनको मन थामिदैन ।
 उनलाई न त दिनको भोक न त रातको निन्द्रा नै पर्छ । उनी अत्यन्त एकहोरो बन्छन र घोडाचढी भागाश्रीलाई भगाउन भनि छिपिलाकोटको दरवारमा पुक्ष्छन् । भागाश्री कन्याको छिपलाकोटका राजा संग विवाह भैसकेको हुन्छ  छिपिलाकोटका राजा लामो समयका लागि र घर वाहिर गएकोमौका छोपी राजाको मीत भनी परिचय दिदै मालिकार्जुनले कुराकानी अगाडी बढाउछन् । र भागाश्रीलाई भगाएर ल्याउछन् । काखेबालक हुनैनाथलाई छिपला दरवार मै छाड्ने मनसाय्ले हिड्ने बेलामा रोला भनि उनले केराको कोसा दिन्छिन्  तर बालकले केरा फालीदिन्छ फेरी उनले दुधको कचौरा दिन्छन् । तर बालककले दुध नै पोखि दिन्छ र भागाश्री पछाडी रुदै दगुर्छन् । छिपिलाका राजाले आफनी गर्भवती रानी र काखेबालक हुनैनाथ समेतलाई मालिकार्जुनले भगाएको थाहापाए पछि सैनिक तयार गरी युद्ध गर्ने विचार गर्छन्  ।
 कुमाउबाट भाग्दै आउने क्रममा उत्तराखण्डको पिथौरागढ जिल्लाको बालुवाकोट भन्ने ठाउँमा समय नपुन्दै भागाश्रीबाट एउटा छोराको जन्म हुन्छ । कुच्या स्थानमा जन्मेकोले उसको नामपनि कुच्या नै हुन्छ । बलुवाकोटमा अझैपनि कुच्यास्थापना रहेको छ । हालको महाकाली नगरपालीका वार्ड नम्बर ९ दत्तु गाउँको पारी पटीट् महाकाली किनारमा पर्दछ । छिपलाको कटक (सेन) ले महाकाली नदीका गमलोडा ढुङा जम्मा गर्छन र मालिकार्जुन तथा भागाश्रलिाई हमला गर्छन । भीषण पाषण युद्ध हुन थालछ मालिकाजुृनका छोरा लटिनाथले बुवाले कान्छी आमा भागाश्रीलाई भगाएर ल्याउदा छिपला सेना संग युद्ध भइरहेको  थाहापाए पछि बुवाको सहयोग गर्नु आफनो कर्तव्य ठानेर छिपलाको सेना संग  लड्न फौज लिएर जानछन् । 
 उनले बुवा र कान्छी आमालाई साथ दिन्छिन् पराई सेना संग बहादुरीका साथ लड्छन् । लटिनाथको पराक्रमबाट छिपलाको सेना पराजीत भई फर्किन्छ ।  रानी सोभाश्री बाट जन्मेका आफना सुकुमार छोरा लटिनाथलाई आफनी सौतीनी आमा र अन्य रानीहरु मिलेर खोलामा बगाएको रहस्य  थाहा पाएपछि मालिकार्जुनले आफनी सौतेनी आमा र छ ओटी रानीलाई उम्लेको तातो तेलमा डुबाएर मार्छन् । मालिकार्जुनले लटिनाथ प्रति कृतक्ष भई तिमी कहाँ बस्न चाहन्छौ ठाउँ रोज भनि अह्राहे लटिनाथले बसोबासका लागि मार्मा रोजे उनको प्रमुख बासस्थान मार्मा हो भने  बेला बेलामा आवजावज गर्ने स्थान मड मालिकार्जुन हो । मार्मा भनेको दार्चुलाको विचभाग दार्चुलाको पल्लोभाग दुहु ,विचको भाग मार्मा तल्लो भाग लेकम  हो । सबै बन्दोसस्त मिलाई भागाश्री र मालिकार्जुन स्वामी शिखर प्रमधानमा सवार भएर र उनीहरु ऋझैपनि प्रवित्र शिखर धाममा विराजमान भएको विश्वास गरिन्छ । शिखर मन्दिर निकै उचाईमा रहेको छ । र त्यो ठाउँमा पुग्न ठाडो उकालो चड्नु पर्छ भनिन्छ रक्सी ,मासु वा अन्य यस्तै पदार्थ सेवन गरि अशुद्ध  भएको व्यतिm त्यो उकालो चड्न सक्दैन । कसैले जानाजान अशुद्ध भइ शिखर मन्दिर जड्न प्रयास गरेमा बाटोमा नै मृत्यु समेत हुन सक्छ भन्ने जनविश्वास रहीआएको छ ।
 लटिनाथलाई खोलामा बगाएको  किवदन्ती अनुसार मालिकार्जुनकी सौतेनी आमाले उनकी रानी शोभा।ीलाई त्यतिमन पराउदैन थिन अन्य रानीहरुपनि उनको त्यतिकै इस्या गर्ने गर्दथे यसरी उनीहरुले शोभाश्रीले लटिनाथलाई जन्म दिने बेलामा पहिलो सन्तान जन्मिदा आमाको आखामा पट्टी बाध्ने चनल छ भनि शोभाश्रका आखामा पट्टी बाधिदिए लटीनाथ जन्मेपछि बालक लुकाई“ तिमीले लोरा सिलौटा मात्र पायौ ”भनी  रानीलाई ढुगामात्र देखाएभने बालकलाई बाकसमा बन्दगरि नदीमा बगाई दिए । माछा मार्ने जलारीले बाकस फेलापारी घर लगेर बाकस खोल्दा सुकुमार बालक देखेपछि नि ःसन्तान जलारी दम्पतीले बालकलाई प्रेम पुर्वक पालन पोषण गर्ने थाले । लटिनाथ ठुला भएपछि गाउकी एउटी बुढी आमा बाट आफु मालिकार्जुनको छोरा  भएको र जन्मदा वितिकै बाकसमा बन्दगरि नदीमा बगाएको सबै रहस्य थाहा पाउँछन् । पछाडी आमा शोभाश्री संग उनको मिलन हुन्छ । शोभाश्रीले उनलाई मामा घर समेत पठाउछिन् । मामा घरमा आफनो न्वारन नभएको बताएपछि बैजनाथ मामाले लटीनाथको न्वारन समेत गरिदिन्छन् । बैजनाथ देउता लटिनाथका मामा मानिन्छन् । कैलपाल देवता बैजनाथका छोरा अर्थात लटिनाथका ममावली भाई मानिन्छन् । बैजनाथको ठुलो मन्दिर अछाम रहेको छ ।  
मलिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चर्तुदर्शीका दिन ठुलो मेला लाग्ने गर्दछ । मालिकार्जुन देवताले मनले चाहेको वा आएको पुगाई दिने र नराम्रो काम गर्ने मानिसलाई तत्काल ठाउँको ठाउँ कारवाही गर्दछन् भन्ने विश्वास रहिआएको छ । दार्चुलाका सबै स्थानका मालिकार्जुनका मन्दिरहरुमा धामी थरका व्यतिहरु नै मुख्य पुजारी भै पुजा गर्ने परम्परा रही आएको छ । मालिकार्जुन र लटिनाथका किंवदन्ती दार्चुलामा प्रचलित लोक गित झोडो मा आधारीत त देखिन्छन लोक गित झोडो को विश्लेषण गरेर तथा मालिकार्जुन र छिपला बीचको युद्धमा महाकाली नदीका ढुंगा गमलोडा प्रयोग भएको प्रसंगलाई आधार लिएर भन्न सकिन्छ कि मालिकार्जुन पाषणकालीन दार्चुलाका एक श्रेष्ठ वीर पुरुष हुन दर्दछ । उनै श्रेष्ठ वीर पात्रलाइ कालान्तरमा देवताको रुपमा पुजिने थालेको अनुमान गर्न सकिन्छ ।