बिपिन रावलको कप्तानी पारी पहिलोपटक लिटिल फ्लावर धनगढीद्वारा उपाधी कब्जा

५ बर्ष अघि

२0७५ मंसिर ४ मंगलवार

बिपिन रावलको कप्तानी पारी पहिलोपटक लिटिल फ्लावर धनगढीद्वारा उपाधी कब्जा

दृष्टिकोण समाचार मंसीर ४ । धनगढी । धनगढीमा सम्पन्न तेस्रो निस्ट कलेज लिटिल फ्लावर टि(२० प्रिमियर लिगमा आयोजक लिटिल फ्लावर स्कुल धनगढीका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेलेसङ्गै उपाधी कब्जा गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा लिटिल बुद्ध एकेडेमी कंचनपुरलाई ७ विकेट पराजित गर्दै लिटिल फ्लावर स्कुल धनगढीले पहिलोपटक उपाधी उचालेको हो । धनगढी स्थित संघीय प्रहरी ईकाईको खेल मैदानमा लिटिल बुद्धले जितको लागी दिएको १४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८.१ ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाउदै जित निकालेको हो । लिटिल फ्लावरलाई उपाधी दिलाउने क्रममा ब्याटिङतर्फ कप्तान विपिन रावलले ४१ बलमा ११ चौका र १ छ्क्का सर्वा्धिक ७९ , दिपक रोकायाले अविजित २४ , अनिल थापा र बिशाल भट्टले समान १४(१४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । बलिङतर्फ लिटिल बुद्ध एकेडेमी कन्चनपुरका नारायण जोशिले २ विकेट लिएक थिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल तयार गरेको थियो । शुशिल खड्काको कप्तानिमा रहेको लिटिल बुद्धको लागी ब्याटिङमा ओपनर हेमन्त कार्किले अविजित ७३ , नारायण जोशिले ३३ र शुशिल खड्काले १९ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । बलिङतर्फ लिटिल फ्लावर स्कुल धनगढीका शेर मल्लले सर्वा्धिक २ तथा सागर भण्डारीले १ विकेट लिएका थिए । पहिलोपटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधीसङ्गै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उप( विजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न ।